×

NEPAL TIMES UPDATES

Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026
Playing
पश्चिम एसियामा दिगो शान्ति कि भीषण यु द्ध ?४८ घण्टा निर्णायक || Nepal Times
Apr 15, 2026
Playing
रुस–चीनसंग नजिक रहेको उत्तर कोरिया किन इरानसँग दूरी बढाउँदैछ ? || Nepal Times
Apr 15, 2026
Playing
दीपक भट्टसँग १० विलासी गाडी, शुद्धीकरण विभागले गर्याे जफत|| Nepal Times
Apr 15, 2026
Playing
सदावहार प्रतिपक्षी’ प्रेम सुवालको बिदाइ र हर्क साम्पाङको इन्ट्री || Nepal Times
Apr 15, 2026

देउवा–सिटौला एक ठाउँ उभिँदै, प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार

२५ मंसिर २०७८

काठमाडौं : नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि संस्थापन पक्ष र कांग्रेसभित्रको तेस्रो धार मानिएको कृष्णप्रसाद सिटौला पक्ष एक ठाउँ उभिने सम्भावना बढेको छ ।

महाधिवेशनको उद्घाटनसत्रपछि सभापति शेरबहादुर देउवा र नेता सिटौलाबीच भएको छलफलपछि दुवै समूह महाधिवेशनमा मिलेर अघि बढ्न सहमत भएका हुन् । तर, सहमतिको अन्तिम मोडालिटी भने तय हुन बाँकी छ ।

Advertisement
Advertisement

सिटौलानिकट नेता भीमसेनदास प्रधानका अनुसार युवा नेता प्रदीप पौडेललाई सिटौलाले देउवा समूहबाट महामन्त्रीमा उठाउने सहमति बनेको हो ।

यसैगरी, थारू क्लस्टरबाट सहमहामन्त्रीमा नेता उमाकान्त चौधरीलाई अघि सार्ने दुई नेताबीच सहमति बनेको छ । यो सहमतिका विषयमा शुक्रबार राति दरबारमार्गस्थित होटल रोयलसिंगेमा सिटौला समूहको आन्तरिक छलफल भएको थियो ।

‘प्रदीपजी महामन्त्री र उमाकान्तजी सहमहामन्त्रीमा उठ्ने तय भयो, अरू विषयमा छलफल हुन बाँकी छ, सहमतिको अन्तिम मोडालिटी छिट्टै तय हुन्छ,’ नेता प्रधानले राजधानीसँग भने ।

सिटौला भने महाधिवेशनमा उठ्ने विषयमा कुनै निर्णयमा पुगिसकेका छैनन् । उनलाई देउवाले आफ्नो समूहबाट उपसभापतिमा बस्न पटकपटक आग्रह गर्दै आइरहेका छन् । तर, उनी भने आफू बाहिरै बसेर सघाउने र आफ्नो टिमबाट युवाहरूलाई अघि बढाउने भन्ने मनस्थितिमा छन् ।

तर, सिटौला समूहभित्र पनि कि सभापतिमा आफ्नो टिम बनाएरै लड्न नभए उपसभापतिमा बसेर भए पनि नेतृत्वमा रहन सिटौलालाई निकटका नेताहरूले समेत सुझाइरहेका छन् । यो अवस्थामा सिटौला उपसभापतिमा बस्न तयार हुँदासमेत पौडेललाई महामन्त्रीमा नै राख्ने उनको योजना छ ।

‘सिटौलाजी आफू उठ्नेभन्दा पनि आफ्ना टिमका साथीहरूलाई टिममा पार्ने योजना र रणनीतिमा हुनुभएको देखिन्छ तर उहाँ उपसभापतिमा रहने अवस्था आए पनि प्रदीपजीलाई भने महामन्त्रीबाट ब्याक नहटाउने उहाँको मनस्थिति छ,’ सिटौला निकट अर्का एक नेताले भने । सिटौला र देउवाबीच कसरी अघि बढ्ने भन्ने विषयमा ‘वान टु वान’ वार्ता हुने बताइएको छ ।

Advertisement

सिटौला समूहबाट उम्मेदवारको नाम भने नेता पौडेलसहित केन्द्रीय सदस्य शिव हुमागार्इं र काठमाडौंका नेता गौरी दवाडीले तयार गरिरहेका छन् । उनीहरूले सातै प्रदेशमा रहेका आफ्ना समूहका नेताहरूसँग पनि परामर्श लिइरहेका छन् । कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार शनिबार उम्मेदवारको मनोनयन दर्ता हुँदै छ ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top