×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

परनिर्भर अर्थतन्त्रलाई बदल्न कृषिमा लगानी बढाउनुपर्दछ : पूर्वप्रधानमन्त्री भट्टराई

२५ मंसिर २०७८

२५ मंसिर, काठमाडौँ।

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सुगौली सन्धी यता नेपालको अर्थतन्त्र परनिर्भर रहेको र प्रारम्भिक स्तरका उद्योगधन्दा समेत प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको बताएका छन् ।

Advertisement
Advertisement

‘गाउँको उत्पादन सहरमा, सहरको पूँजी गाउँमा’ को नारासहित स्थापित मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालय तथा कृषि प्रदर्शनी केन्द्रको शुक्रबार पोखरा–८ नागढुङ्गामा उद्घाटन गर्दै उनले कृषि क्षेत्रको विकासका माध्यमबाट उत्पादन वृद्धि गर्दै परनिर्भर अर्थतन्त्रलाई बदल्नु आवश्यक रहेको उल्लेख गरे ।

उनले भने,“नेपालको आयात-निर्यातको अनुपात दशकौँ अघिदेखी बढेको छ । छिमेकी मुलुकहरुमा कृषि क्षेत्रमा राज्यले ठूलो मात्रामा अनुदान दिएकाले उत्पादन सस्तो छ, खुला सिमानाका कारणबाट समेत छिमेकबाट कृषिजन्य बस्तुको आयात बढ्दा यहाँको उत्पादनले प्रतिस्पर्धा गर्न सकेको छैन । कृषि क्षेत्रमा राज्यको लगानी वृद्धि हुनु आवश्यक छ । ”

कृषि क्षेत्रको विकासको आफ्नो नियम रहेकाले त्यसलाई आत्मसाथ गर्नु जरुरी रहेको बताउँदै भट्टराईले पुरानो व्यवस्था र संरचना भत्काउनका लागि आफूहरुको पुस्ताको योगदान रहेपनि नयाँ बनाउने तर्फ खासै योगदान नभएको उल्लेख गरे ।

“पुरानो राज्य व्यवस्था संरचना भत्काउन हाम्रो पुस्ताले योगदान गरेको हो । तर पुरानो भत्काउनु र नयाँ बनाउनु अलग हो । नयाँ बनाउन अलि मिलेको छैन विज्ञ भनिने साथीहरुमा पनि विज्ञतालाई समयानुकल प्रयोग गर्ने सन्दर्भमा कमी देखिएको छ”, उनले भने।

गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था कृषि सहकारी तथा गरीबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले प्रदेश सरकारले कृषि उत्पादन वृद्धिको कार्यक्रम ल्याएको बताए । उत्पादनका आधारमा अनुदान, कृषि उपकरणमा सहयोग, कृषिको यान्त्रीकरण लगायतमा कृषकलाई सहयोग गर्ने कार्यक्रम रहेको उनको भनाइ थियो ।

मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले नेपालको कृषि अर्थतन्त्रलाई बलियो बनाउने उद्धेश्यले विसं २०७५ मा मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा कम्पनीको स्थापना गरिएको बताए ।

गुणस्तरीय कृषि सामग्रीहरु मल, बीउ, कृषि औजार, विषादीहरु र सिँचाई उपकरणमा कृषकलाई सहयोग उपलव्ध गराउँदै कृषकको खेतबारीमा उब्जनी भएको कृषि उपजहरुलाई बजारसम्म पहुँच अभिवृद्धिका लागि कम्पनीले काम गर्ने उनले जानकारी दिए । “देशमा कृषि उद्यमको विकास गरी बढीभन्दा बढी कृषकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएका छौँ”, कार्यकारी अध्यक्ष ढकालले भने,“कृषि व्यवसाय गर्न चाहने सहकारी, कृषि कम्पनी तथा फार्महरुलाई सहयोग तथा प्रवद्र्धनका माध्यमबाट स्थापित गर्ने गरी अघि बढेका छौँ ।”

Advertisement

कम्पनीका सचिव रामशरण तिमिल्सिनाले कृषक र कृषि व्यवसायीहरुलाई आवश्यक पर्ने वित्तिय तालिम, व्यावसायिक योजना निर्माण र अन्य वित्तिय सेवामा सहजीकरण गरिने बताए । उनका अनुसार कम्पनीमा हाल संस्थापक शेयरधनी ८६३ जना रहेको र पूँजी रु एक अर्व रहेको छ । कम्पनीमा मुक्तिनाथ विकास बैंकको रु २५ प्रतिशत लगानी रहेको बताइन्छ । रासस

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top