कांग्रेसको मञ्चमा कम्युनिस्ट रमिता

२५ मंसिर ७८, शनिबार
Share this
707shares

काठमाडौं: कांग्रेसको १४औं महाधिवेशनले शुक्रबार कम्युनिस्ट नेताहरूलाई ‘पुनर्मिलन’ गराए जस्तो भयो । कांग्रेसलाई शुभकामना दिन आएका उनीहरू एकले अर्कालाई व्यंग्य गर्न भने छाडेनन् ।

Advertisement

महाधिवेशन उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका बायाँतिर थिए। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल दायाँतिर बसेका थिए ।

दाहाल र ओली कुराकानी गरेजस्तो पनि देखिन्थे। जब कि दाहाल निम्तो पाएर पनि एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा गएका थिएनन् । एमालेले नेपाललाई त निम्तोसमेत गरेको थिएन । यस्तै जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर सँगैको कुर्सीमा बसेका थिए । जब कि यी दुई नेता पनि पार्टी विभाजन गरेर अलग अलग भएका हुन् । त्यसमाथि राप्रपाका नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्तिप्रति ओली र दाहालले रोष प्रकट गरे ।

Advertisement

कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले पनि कटाक्ष गर्न छाडेनन्। देउवाले भने, ‘एउटा स्पष्ट कुरा के हो भने जुन दिन मेरो सरकार बन्यो त्योभन्दा अगाडिको दिनको डर, त्रास कस्तो थियो हेर्नुस् । म प्रधानमन्त्री भएको भोलिपल्टैै ओलीको शासनबाट मुक्ति पाए जस्तो भयो । जनताले त्यो महसुस गरे । देशले नै ओलीको शासनबाट मुक्ति पायो । अब यही स्वतन्त्रतालाई बचाइराख्ने हो भने यो महाधिवेशनले निणर्य गर्नुपर्छ ।’ देउवाले राष्ट्रियसभा, स्थानीय तह र केन्द्रको चुनाव आउँदै गरेको बताए ।

‘कांग्रेसको सरकार टिकिराख्यो भने मात्र आउँदो सरकारमा गाउँदेखि केन्द्रसम्म कांग्रेसको प्रतिनिधित्व हुन्छ’, उनले भने, ‘तपाईंहरू मलाई सभापतिमा जिताउनुहोस् । स्थानीय र आमनिर्वाचनमा कांग्रेस जिताउने जिम्मा मेरो भयो ।’ उनले कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलको लामो भाषणप्रति पनि व्यंग्य गरे । भने, ‘रामचन्द्रजी चिसोले गर्दा बोल्नै सक्नु भएन ।’, याे समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top