२५ मंसिर, काठमाडौँ ।
नेपाली कांग्रेसको नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रकृया सुरु भएकाे छ । आज १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन समितिले जनाएकाे छ ।
यसपटक कांग्रेस सभापतिको उम्मेदवारका लागि ३० हजार शुल्क तोकिएको छ । उपसभापति र महामन्त्रीका लागि २५/२५ हजार, सहमहामन्त्रीका लागि २० हजार तोकिएको छ भने केन्द्रीय सदस्यका लागि १० हजार शुल्क तोकिएको छ ।