एमाले केन्द्रीय कमिटी जारी, केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण गरियाे

एमाले केन्द्रीय कमिटी जारी, केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण गरियाे

२५ मंसिर, काठमाडौं ।

नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक जारी छ । भक्तपुरको गठ्ठाघरमा बसिरहेको बैठकमा केन्द्रीय कमिटी सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

यसअघि शपथ लिन छुटेका केन्द्रीय सदस्यहरुलाई शपथ गराएर बैठक शुरु भएको थियो । बैठकमा अध्यक्ष पदमा पराजित भीम रावल भने अनुपस्थित छन् । अध्यक्षमा पराजित भएपनि रावल केन्द्रीय सदस्य निर्वाचित भएका थिए । तर उनले केन्द्रीय सदस्यको शपथ समेत लिएका छैनन् ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अब जनसंगठनहरु अधिवेशनबिना निरन्तर रहन नसक्ने भन्दै अधिवेशन आयोजना गर्न निर्देशन दिएका छन् । उनले भने, ‘अहिले पार्टीका अधिकांश जनसंगठनहरु अधिवेशन बिनाको नेतृत्वबाट आएका छन् । अब यसरी हुँदैन । तयारी पुगेन भन्न पनि पाइदैन । सबै संगठनले अधिवेशन गर्नुपर्छ तर अबिलम्ब गर्ने भनेर आउने चुनावलाई असर पार्नेगरि होइन, पार्टीको मार्गदर्शनमा हुनुपर्छ ।’

बैठकमा स्थायी कमिटी गठन, पोलिट्ब्यूरो गठन, केन्द्रीय सदस्य मनोनयन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन लगायत एजेण्डा तय भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.