प्रकाशमान सिंहले गरे सभापतिमा उम्मेदवारी दिने घोषणा

२५ मंसिर, काठमाडाैँ ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । शनिवार उम्मेदवारी घोषणा सभा तथा अवधारणापत्र सार्वजनिक गर्दै नेता सिंहले कांग्रेस सभापतिका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै सिंहले १३ औँ महाधिवेशनबाट निर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकालभरी पार्टीको विधान अनुसार गर्नुपर्ने न्यूनतम काम समेत गर्न नसकेको बताए । यस अवधिमा पार्टीले गति लिन नसकेको भन्दै उनले पार्टीलाई गतिशिल बनाउनका लागि नेतृत्व परिवर्तनको आवश्यकता भएकाले आफु सभापतिको उम्मेदवार बनेको बताए । पार्टी भित्रको नेता, कार्यकर्तामाथि भइरहेको अन्याय समाप्त पार्नका लागि सभापतिमा आफ्नो उम्मेदवारी भएको उनको भनाई छ ।

संस्थापन इतर समुहको साझा उम्मेदवार बनाउन आफुले खवरोध गरेको भन्ने दुष्प्रचार भइरहेको भन्दै उनले आफुले कुनै अवरोध खडा नगरेको स्पष्ट पाने । बहुदलपछि पार्टीका शिर्ष नेताहरुले नेतृत्व गरीसकेको र काम हेरिसकेकाले शिर्ष नेताहरुले विश्राम लिनुपर्ने उनले बताए । आफु सभापति भएमा पार्टीका हरेक निर्णयमा सबैलाई समावेश गराई साँचो अर्थमा पार्टीलाई प्रजान्त्रिक रुपमा परिणत गर्ने नेता सिंहले बताए । उनले भने – ‘मैले १३ औँ महाधिवेशन सकिइसकेपछि केन्द्रीय नेतृत्व परिवर्तन हुनुपर्छ भनेर मैले बोल्दै आएको । तर अहिले आएर जसरी १३ औँ महाधिवेशनमा म पार्टी सभापति हुन्छु भनेर अगाडी बढ्दाखेरी जसरी मलाई स्टेप डाउन गरायो । अहिले यो १४ औँ महाधिवेशनमा पनि त्यही । जुन हाम्रो विचारसमुह छ त्यो विचार समुहमा पनि त न्याय हुनुप¥यो नि त । अन्याय ग¥यो भने मैले मान्नुपर्ने ? दुष्प्रचार के गरिराखेको छ भन्दाखेरी त्यो विचार समुहको साझा उम्मेदवार बनाउनेमा प्रकाश मान सिंहले अवरोध खडा ग¥यो भनेर भन्छ । मैले के को अवरोध खडा गर्ने ? मैले त सबै ठाउँमा भन्दै आइरहेको छु १३ औँ महाधिवेशन पछि जनताको चाहाना केन्द्रीय नेतृत्वको परिवर्तन हुनुपर्छ भनेर मैले बोलेको छु । हाम्रा सिनियर लिडरहरुले विश्राम लिनुपर्छ । उहाँहरुले बहुदलीय व्यवस्था आएदेखि नै नेपाली कांग्रेसको नेतृत्वदायी भुमिका अहिले हाम्रै सिनियर लिडरहरुले गरिरहेको छ नि त । तर उहाँहरुले के परफर्म गर्न सक्नुभयो ? अब अभिभारा हामीलाई दिनुस् भनेर हामी अगाडी बढिरहेका छौँ । नेपाली कांग्रेसको सिनियरीटीमा अनुभवलाई ख्यालै नगरीकन कसैको हाहामा लागेर मैले उम्मेदवारी नदिने भन्ने त कुरै आउँदैन । म एकदम क्लियर छु, यो पार्टी भित्र जुन अन्याय भइरहेको छ आम नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई, त्यसलाई समाप्त गर्नका लागि मेरो उम्मेदवारीको घोषणा हो । विधिसम्मत् र नियमसम्म्त तवरले हरेक निर्णय गर्दाखेरी ज–जसलाई प्रक्रियामा समावेश गर्नुपर्ने हो, सबैलाई समावेश गरेर म डिसिजन लिएर यो पार्टीलाई ट्रुली डेमोक्रेटिक पार्टीको रुपमा, गतिशिल पार्टीको रुपमा यो पार्टीलाई परिणत गर्नको लागि मेरो उम्मेदवारी मैले दिइरहेको छु ।’

प्रकाशमान सिंहको प्यानलबाट नेपाली कांग्रेसकी नेतृ सुजाता कोईराला उपसभापतिमा उठ्ने घोषणा गरिएको छ । सिंहको प्यानलबाट अन्य नेताहरुलाई पनि उठाउने सम्बन्धमा छलफल चलिरहेकाले देशभरका मानिसहरुको प्रतिनिधित्व हुनेगरी प्यानल बनाइने बताइएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top