‘समुन्नत नेपाली, सम्मानित नेपाली’प्रति ओलीको टिप्पणी हतारो : गगन थापा

२५ मंसिर, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेसका नेता गगन थापाले ‘समुन्नत नेपाली, सम्मानित नेपाली’को अवधारणाप्रति केपी शर्मा ओलीले हतारमा टिप्पणी गरेको बताएका छन्। शनिबार ट्वीट गर्दै उनले यस्ताे बताएका हुन् ।

थापाले कांग्रेसको चौधौं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गर्दा ‘समुन्नतः नेपाल, सम्मानित नेपाली’को अवधारणा प्रस्तुत गरेका थिए।

Advertisement

उता ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्दै आएका ओलीले ‘यताउति गरेर चिन्तकहरु देखिन खोज्या छन्’ भन्दै कपी गरेकाे बताएका थिए। थापाले ओलीको सोही प्रतिक्रियाकाे जवाफ फर्काएका हुन् ।

थापाले अवधारणा पढेको थाहा पाएर खुशी लागेको बताएका भन्दै लेखेका छन्- ‘आदरणीय केपी ओलीज्यू, चौधौं महाधिवेशनको पूर्वसंध्यामा स्नेही कांग्रेसजनमाझ सल्लाह, सुझाव र छलफलका लागि मैले प्रस्तुत गरेको ‘समुन्नत नेपालःसम्मानित नेपाली’को अवधारणा तपाईंले पनि पढेको थाहा पाएर खुशी लाग्यो। तर टिप्पणी चाहिँ अलि हतारमा गर्नु भएछ।’

Advertisement

थापाले तेह्रो महाधिवेशनमै पार्टीको रुपान्तरण हुनुपर्ने प्रस्ताव अगाडि सारेको बताएका छन्। उनले भनेका छन्, ‘मैले २०७२ मा संविधान जारी भएपछि सम्पन्न तेह्रौं महाधिवेशनमैं कांग्रेसको सम्पूर्ण राजनीति अब ‘समुन्नत नेपाल : सम्मानित नेपाली’को निर्माणमा समर्पित हुनुपर्छ र नीति र कार्यक्रमसहित त्यसलाई कार्यान्वयन गर्नसक्ने बन्नका लागि पार्टीको रुपान्तरण हुनुपर्छ भनेर निरन्तर प्रस्ताव गर्दै आएको छु।’

थापाले सामाजिक लोकतन्त्रको सैद्धान्तिक खाकाभित्र ‘समुन्नत नेपाल : सम्मानित नेपाली’को सङ्कल्पसहित राष्ट्रिय अभियान प्रारम्भ गर्दा ओलीसँग जम्काभेट हुने पनि बताएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top