युवराज न्यौपानेले दिए कांग्रेस सभापतिमा उम्मेदवारी

२५ मंसिर, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेसका नेता युवराज न्यौपानेले सभापतिका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । शुक्रबारबाट सुरु भएको १४ औं महाधिवेशनमा न्यौपानेले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

न्यौपाने गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन । नेतृत्वमा युवाको सहभागिता हुनुपर्छ भन्ने आफ्नो मुद्दा रहेको उनले बताए ।

Advertisement

वीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह लगायतका नेताले युवा उमेरमै कांग्रेस स्थापना गरेको स्मरण गराउँदै न्यौपानेले अबपनि कांग्रेसमा युवापुस्ताले नै नेतृत्व गर्नुपर्ने बताए ।

आफ्नो उम्मेदवारीलाई हलुका ढंगले नलिन आग्रह गर्दै न्यौपानेले पार्टीभित्र नेतृत्व परिवर्तन, रुपान्तरण र नयाँ पुस्ताको सरोकार समेट्न आफूले उम्मेदवारी दिएको उनले बताए ।

Advertisement

अहिले कांग्रेस महाधिवेशनको दोस्रो दिन नेताहरुले आफ्नो उम्मेदवारी दर्ता गराइरहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top