२५ मंसिर, काठमाडौं।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको साथ छाडेर प्रवक्ता विश्वप्रकाश शर्मा अन्ततः प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् ।
देउवाले सहमहामन्त्री बन्न राखेको प्रस्तावलाई नकार्दै अन्ततः शर्मा सिंह प्यानलमा पुगेका छन् । शर्माले प्रकाशमानले आफूलाई कुरिरहेको र सँगै उम्मेदवारी दर्ता गर्ने बताए । उनले भने –’ महामन्त्रीमा उम्मेदवारी दिन्छु । प्रकाशमान दाइ मलाई कुरिरहनु भएको छ ।’
यसअघि शर्मा सभापतिका उम्मेदवार शेखर कोइरालाको टिममा जाने भनिएको थियो तर, कोइरालाको टिममा गगन थापा र मिनेन्द्र रिजालले ठाउँ ओगटेपछि उनी सिंहकाे प्यानलमा मिसिन पुगेका छन्।
अहिले सिंहको प्यानलल गाँजाबाजासहित उम्मेदवारी दर्ता गर्न गएका छन् ।