एमाले नेतालाई ओलीकाे निर्देशन- आगामी निर्वाचनमा जित सुनिश्चित गराउने काममा केन्द्रित हुनु

२५ मंसिर, काठमाडाैँ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा जित सुनिश्चित गराउने काममा ध्यान केन्द्रित गर्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेका छन् । शनिबारबाट भक्तपुरको गट्ठाघरमा सुरु भएको पार्टीको दोस्रो केन्द्रिय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले पार्टीमा अन्य पार्टीबाट प्रवेश गर्नेहरुको लहर ल्याउने र आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित हुने गरी जनताको बीचमा पुग्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

उनले जनता आफ्नो पार्टीको साथमा रहेकाले आगामी निर्वाचनमा विजयी हुनका लागि पार्टीले कुनै पनि मोर्चाबन्दी गरिरहन नपर्ने दावी समेत गरे । अध्यक्ष ओलीले आगामी निर्वाचनलाई ध्यानमा राखेर सुदुढ र विस्तृत संगठन निर्माणको काममा ढिलाई गर्न नहुने स्पष्ट पारे । अध्यक्ष ओलीले पार्टीका नेताहरुलाई हरेक वडा तहमा जाँदा पनि त्यहाँको पाँच मुख्य कामबारे जानकारी लिएर आउन कडा निर्देशन दिए । जनताको चाहना अनुसार विकास, निर्माणको कामलाई अघि बढाउन हाम्रो पार्टीले अव सबै तहमा जाँदा त्यहाँको मुख्य मुख्य पाँच कामबारे जनतालाई सोधेर आउनुपर्ने, त्यसरी आउँदा मात्रै आगामी दिनमा जनताको चाहना अनुसार पार्टीेले काम गर्न सक्ने अध्यक्ष ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले भने, ‘नेताहरुलाई जनताको बीचमा जाँदा जनता ‘पार्टीमा प्रवेश गर्नेहरुको लहरनै ल्याउँछांै । ताजा जनादेशमा जाने कुरामा हाम्रो ध्यान जानेछ । यी कुरालाई ध्यानमा राखेर हाम्रो विजयलाई सुनिश्चित बनाउन हामी अत्यन्तै संगठित र सक्रिय भएर जनताको बीचमा जानुपर्छ । र हाम्रो पार्टी सुदृढ र विस्तृत बनाउनु पर्छ । र कुनै मोर्चास्वर्चा सँग गठबन्धन गरिरहनु पर्र्दैन । जनता हाम्रो साथमा छ । जनताको साथमा हामी छौं । जनताको सेवकको रुपमा जनताको बीचमा पुगेर जनताका समस्या बुझ्ने कम हामी गर्छौं । यसपछि हामी जनताका बीचमा केही प्रश्नहरु पनि लिएर जान्छौं । स्थानीय तहहरुमा, हामीले त्यस ठाउँमा, त्यस वडामा पाँच वटा गर्नुपर्ने अरु कामहरु के हुन ? के हुनुपर्छ ? भन्ने जनता चाहन्छ ? ती प्रश्नहरु लिएर जान्छौं, जसबाट भोलीका निम्ति विकास निर्माण गर्दा कुनकुन आयोजना कसरी राख्नुपर्ने रहेछ ? ती कहाकहाँ रहेछ भन्ने हामी थाहा पाउँछौं । हामीले प्रश्न सोध्नुपर्छ यस वडामा हामीे पाँच वटा महत्वपूर्ण काम के के गर्नुपर्छ ? यस पालिकामा महत्वपूर्ण पाँच वटा काम के के हुन ? यस प्रदेश निर्वाचन क्षेत्रमा महत्वपूर्ण काम पाँच वटा के हुन ? अथवा यस संसदीय निर्वाचनको क्षेत्रमा पाँच वटा महत्वपूर्ण काम के के हुनुपर्छ ? यस जिल्लामा सर्वाधिक महत्वका पाँच वटा काम के गर्नुपर्छ ? र यस प्रदेशमा सर्वाधिक महत्वका पाँच वटा काम के गर्नुपर्छ ? यस हिसावले प्रश्नहरु नै लिएर के चाहन्छ जनता ? पाँच वटा काम के हुन ? वडाका के हुन ? पालिकाका के हुन ? प्रदेशसभा निर्वाचन क्षेत्र र निर्वाचन क्षेत्रका के हुन ? जिल्लाका के हुन ? यी प्रश्नहरु हामी जनताका बीचमा सोध्ने छौं । यसबाट जनताका विकासका चाहना हामी बुझ्नेछौं । यस्ता अनेक हिसावले हामी जनताका बीचमा जान्छौं । जनताका पीरमर्कादेखि, जनताको विकास, निर्माणको चाहना, सुशासनका क्षेत्रमा के गर्नुपर्छ भन्ने जस्ता कुराहरु पनि हामी जनताको बीचमा लिएर जान्छौं । त्यस अनुसार हामी काम गर्छौं । किनभने हामी जनताका सेवक हौं । जनताको सेवा गर्नु हाम्रो कर्तव्य हो ।’

अध्यक्ष ओलीले पार्टी मातहतका सबै जनवर्गीय संगठनहरुलाई अभिलम्ब अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न निर्देशन दिए । उनले अधिवेशन नभई जनवर्गीय संगठनहरुको नेतृत्व परिवर्तनको काम भएकाले अब छिटोभन्दा छिटो अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्दा मात्रै जनवर्गीय संगठनहरु कामकाजी हुने स्पष्ट पारे । उनले पार्टीको चालु केन्द्रिय कमिटी बैठकले कार्य विभाजन पनि गर्ने भएकाले पाएको जिम्मेवारी तीव्रताका साथ पूरा गर्न नेताहरुलाई सचेत गराए । अध्यक्ष ओलीले भने, ‘हाम्रा जिल्ला अधिवेशनहरु, प्रदेश अधिवेशनहरु, त्यसपछि चुनावको तयारीसँगसँगै हामीले जनवर्गीय, पेशागत सामूदायिक संगठनहरुमा निश्चित अवधि तोकेर जनसंगठनहरुको हामी अधिवेशन गर्छौं । त्यसकारण अहिले जनसंगठनहरुमा भईरहेको नेतृत्व अधिवेशन नगरेर नेतृत्व परिवर्तन भईरहने स्थिति छ । त्यसैले अहिलेको नेतृत्वको छिटोभन्दा छिटो अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्छ । अहिलेको जनसंगठनहरुको नेतृत्वले अभिलम्ब अधिवेशन आयोजना गरेर त्यसका लागि अवधि तोकिनेछ । अवको हाम्रो काम भनेको अत्यन्तै गतिशीलताका साथ, तीव्र गतिका साथ हाम्रा कामहरु हुनेछ । र हामीलाई यस बैठकले कार्य विभाजन पनि गर्नेछ । त्यसोभएपछि हामीले आ–आफूले पाएका कामहरु कसरी अत्याधिक सफलताका साथ गर्न सकिन्छ ? त्यस हिसावले हामी आफ्नो कार्य क्षेत्रमा जानेछौं । त्यसर्थ म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु–यी अभिभाराहरु बोक्नका लागि तम्तयार भएर, ती कुराहरुको संगठनात्मक व्यवस्थापन, संगठनात्मक परिचालनको ढाँचा, ती कुराहरु तय गर्ने कुरा नै यस बैठकको अभिभारा हो ।’

अध्यक्ष ओलीले पार्टीका नेताहरुले देश र जनताको सेवक भएर काम गर्नुपर्ने दोहो¥याए । उनले राष्ट्रको अभिभारा एमालेको काँधमा रहेको उल्लेख गर्दै पार्टीले सोही अनुसारका गतिविधिलाई अघि बढाउनुपर्ने बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top