कांग्रेस महाधिवेशनका कारण राजधानीका होटल भरिभराउ

२५ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसको १४औैँ महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकका कारण राजधानीका अधिकांश होटल भरिभराउ भएका छन्। मङ्सिर २४ गतदेखि काठमाडौंमा कांग्रेसको महाधिवेशन सुरु भएको छ।

कांग्रेसले महाधिवेशन प्रतिनिधि बस्नका लागि राजधानीका तीन ठाउँमा होटलको व्यवस्था गरेको छ। सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिए पनि तारे होटल, पर्यटकीय होटलदेखि सामान्य होटलसमेत प्रतिनिधि, पर्यवेक्षकका साथै शुभेच्छुकले भरिएका छन्।

आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेका अनुसार करिब चार हजार प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएका छन्। महाधिवेशनमा सहभागी हुने आठ हजार व्यक्तिका लागि भोजनको व्यवस्था गरिएको छ।

महाधिवेशन आयोजनास्थल भृकुटीमण्डप आसपास मात्र होइन, प्रतिनिधि बस्ने होटल आसपास पनि उम्मेदवारका प्रचार सामग्री झुण्ड्याइएका छन्। सुन्धारा, ठमेल र गौशाला क्षेत्रका बाटाबाटामा प्रचार सामग्री देख्न सकिन्छ। कोरोना महामारी जोखिम कायमै रहे पनि होटल व्यवसायीले स्वास्थ्य मापदण्डको पालना गरेर प्रतिनिधिलाई खानेबस्ने प्रबन्ध मिलाएका छन्।

लामो सयम कोरोना महामारीका कारण समस्यामा परेका होटल व्यवसायीले महाधिवशेनका कारण थोरै भए पनि राहत महसुस गरेका छन्। एकता होटल व्यवसायी सङ्घका उपाध्यक्ष खेमराज उप्रेतीले ठूलो पार्टीले काठमाडौँमा महाधिवेशन गर्नु राम्रो पक्ष भएको बताए। उनले काठमाडौँका तारे होटलदेखि पर्यटकस्तरीय होटल प्रतिनिधि र शुभेच्छुकका कारण भरिभराउ भएको जानकारी दिए।

कोरोनाका कारण लामो समयसम्म पाहुनाविहीन बनेका व्यवसायी अहिले कोरोना केही मत्थर हुँदै गएको, पहिले जस्तै विभिन्न बैठक, भेला, सम्मेलन, गोष्ठीका साथै पार्टीका महाधिवशेन पनि हुन थालेपछि खुसी देखिएका छन्। सङ्घअन्तर्गत राजधानीमा करिब ४०० होटल रहेका छन्। अध्यक्ष उप्रेतीले सङ्घ आबद्ध कोटेश्वर, एयरपोर्ट, तिलगङ्गा, गौशाला, चाबहिल, बत्तिसपुतली, ज्ञानेश्वर, लाजिम्पाटलगायत होटल महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकका कारण खचाखच भरिएका बताए।

सो क्षेत्रका होटल अहिले शतप्रतिशत ‘अकुपेन्सी’मा चलेका छन्। ‘सबै होटल भरिएका छन्, कोठा खाली छैनन्, यो सुखद् पक्ष हो’, उपाध्यक्ष उप्रेतीले भने, ‘सबै होटलले स्वास्थ्य मापदण्ड अपनाएर सेवा प्रवाह गरेका छन्।’

राजनीतिक दलका गतिविधिले टेवा
कोरोनाको सङ्क्रमण केही कमी आएको र खोपको उपलब्धतासँगै पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेको छ। पछिल्लो समय विदेशी पर्यटकको आवागमनसमेत बढेको छ। आन्तरिक पर्यटन पनि फस्टाउन थालेको छ।

राजनीतिक दलका गतिविधिले पनि नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ। प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले मङ्सिर दोस्रो साता चितवनको सौराहामा १०औँ महाधिवेशन सम्पन्न गर्‍यो। एमालेको महाधिवेनले मध्य नेपाल क्षेत्रको पर्यटन प्रवद्र्धनमा निकै ठूलो भूमिका निर्वाह गरेको पर्यटन व्यवसायीको मत छ।

विदेशी पाहुनासमेत सहभागी महाधिवेशनका क्रममा विभिन्नि जातजाति, भाषाभाषीका तर्फबाट प्रस्तुत गरिएका सांस्कृतिक झाँकीले पनि नेपालको कला, संस्कृतिको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह पर्यटन व्यवसायीको भनाइ छ।

कांग्रेसको महाधिवशेनले पनि काठमाडौँको पर्यटन व्यवसायलाई निकै ठूलो सहयोग गरेको सङ्घका उपाध्यक्ष उप्रेतीको भनाइ छ। यहीबीचमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि काठमाडौँमा महाधिवेशनको आयोजना गरेको थियो। -रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top