×

NEPAL TIMES UPDATES

Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026
Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026
Playing
प्रधानन्यायाधीश बन्ने डा. मनोजकुमार को हुन् ? सपनाको सपना अधुरै|| Nepal Times
May 07, 2026
Playing
युरोपविरुद्ध अमेरिका झनै कठोर, भन्यो–आतंकवाद विकसित हुने थलो|| Nepal Times
May 07, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-24-2083 || Nepal Times
May 07, 2026
Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026
Playing
नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड || Nepal Times
May 07, 2026
Playing
वर्षे अधिवेशनमा तीन विधेयकबाहेक अरू छैन बिजनेस|| Nepal Times
May 07, 2026
Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026

यौन दुर्व्यवहारको गुनासो गर्ने महिला कर्मचारीलाई नै हटायो अलिबाबाले

२७ मंसिर २०७८

२७ मंसिर, एजेन्सी ।
चीनको अनलाइन व्यापार कम्पनी अलिबाबाले यौन दुर्व्यवहारको गुनासो गर्ने एक महिला कर्मचारीलाई पदमुक्त गरेको छ ।

कम्पनीका एक सहकर्मी र क्लाइन्टले आफूमाथि यौन दुर्व्यवहार गरेको महिलाले आरोप लगाउँदै आएकी थिइन् । महिला कर्मचारीले गलत प्रचार गरेको र त्यसले कम्पनीको छविमा असर गरेकोले उनलाई निष्कासन गरिएको महिलालाई थमाइएको एउटा पत्रमा उल्लेख छ ।

Advertisement
Advertisement

आफूमाथि दुर्व्यवहार हुँदा पनि कम्पनीले केही नगरेको उनले आरोप लगाएकी थिइन् । कार्यालयको ‘बिजनेस ट्रिप’ का सिलसिलामा आफूमाथि दुर्व्यवहार भएको उनले बताएकी थिइन् । महिलालाई पदमुक्त गरिएको उनका वकिलले न्युयोर्क टाइम्सलाई पुष्टि गरेका छन् ।

आरोपपछि सहकर्मीलाई पनि पदमुक्त गरिएको थियो । तर, उनीमाथिको आपराधिक मुद्दा भने स्थगित गरिएको थियो । चौतर्फी प्रचार गरिएको यस घटनाले चीनमा कार्यक्षेत्रमा महिलामाथि हुने यौन हिंसाका घटना उजागर गरेको छ ।

उनलाई गत महिना पदमुक्त गरिएको र त्यसको पुष्टि कम्पनीका मालिकले गरेको चीनको दाहे दैनिकले जनाएको छ । उनलाई निष्कासन गर्दा थमाएको पत्रसमेत सो पत्रिकाले प्रकाशन गरेको छ । ‘घटनाले समाजमा गम्भीर चासो बढेको र कम्पनीको ख्याती घटाएको छ,’ पत्रमा भनिएको छ ।

तर, महिलाले आफ्नो तर्फबाट कुनै गल्ती नभएको दाबी गरेकी छिन् । ‘मैले कुनै पनि गल्ती गरेकी छैन । ममाथि कम्पनीले गरेको व्यवहार मेरा लागि स्वीकार्य छैन ।,’ महिलाले भनेकी छिन् । आगामी दिनमा कम्पनीविरुद्ध कानुनी कदम चाल्ने पनि ती महिलाले बताएकी छिन् ।

महिलाले लगाएको आरोपलाईसमेत सो दैनिकले प्रकाशित छ, जसभित्र आफूमाथि दुर्व्यवहार भएको घटना उल्लेख गरेकी छिन् । ‘पियक्कड रात’ पछि आफू अचेत भएको र होटलको एउटा कोठामा सहकर्मीले बलात्कार गरेको उनले बताएकी छिन् ।

Advertisement
Advertisement

२७ जुलाईमा आफूलाई चुम्बन गरेको र भोलिपल्ट ब्युँझँदा आफूलाई निर्वस्त्र पाएको उनले उल्लेख गरेकी छिन् । बलात्कार गर्ने व्यक्ति कम्पनीको माथिल्लो पदमा काम गर्ने उनले बताएकी छिन् । अर्का आरोपित क्लाईन्टलाई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top