पुलिसमाथि संकटाको जित

पुलिसमाथि संकटाको जित

२७ मंसिर, काठमाडौं ।
संकटा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

निरज बस्नेतको निर्णायक गोलमा संकटाले पुलिसलाई १–० ले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा संकटाको जितमा पहिलो हाफमा निरज कस्नेतले गरेको गोल नै निर्णायक बन्यो । निरजले १८औं मिनेटमा लक्ष्मण रुचालको कर्नरमा डाइभिङ हेडरमार्फत गोल गर्न सफल भएका थिए ।

जारी लिगमा उनको यो तेस्रो गोल हो । उनले यसअघि फ्रेन्ड्स र मनाङविरुद्ध समान एक गोल गरेका थिए । यस्तै निरजको गोल जारी लिगको ५०औं गोल हो । लिगको २७औं खेलमा ५० गोलको आँकडा पुरा भएको हो । संकटाकै लक्ष्मण रुचालले जारी लिगमा पहिलो गोल गरेका थिए ।

खेलको दोस्रो मिनेटमा सुभास गुरुङको क्रस पुलिसका डिफेन्डरलाई डिफ्लेक्ट हुदाँ जोर्डन जुनियर ओआनाको पेनाल्टी बक्सभित्र अवसर पाएपनि उनको प्रहार आकासिदा संकटा अग्रता लनबाट चुक्यो । चौथो मिनेटमा जोर्डनको क्रस पासमा फोडे फोफानाको हेडर पोस्टबाट थोरै बाहिरियो ।

१०औं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिकमा फोडे फोफानाको प्रहारलाई पुलिसका डिफेन्डरले ब्लक गरे । सोही मुभमा फोडे फोफानाको क्रस पासमा लक्ष्मण रुचालको प्रहारलाई सौजन राईले गोल लाइन नजिकैबाट हेडमार्फत क्लियर गर्दै बचाए ।

४३औं मिनेटमा पुलिसले दुई अवसर सिर्जना गरेपनि संकटाका गोलरक्षक र डिफेन्डर बाधक बन्दा पुलिस बराबरीबाट चुक्यो । रवि पासवानको क्रसमा बुद्ध बल तामाङको टचलाई संकटाका डिफेन्डरले ब्लक गर्दा सुमनको ओभरहेड किकलाई गोलरक्षक राजाबाबु थापाले बचाए । लगत्तै सन्तोष हेमरुनको प्रहारलाई निरज बस्नेतले ब्लक गर्दै संकटाको खतरा टारे ।

दोस्रो हाफमा पुलिसले सुधारिएको खेल पस्केपनि गोल गर्न नसक्दा पुलिसले पहिलो लिगमा पहिलो हार बेहोर्न पुग्यो । ८५औं मिनेटमा भरत साहले अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

जितसँगै अपराजित रहेको संकटा ४ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा उक्लिएकोछ । समान ८ अंक नै रहेपनि आर्मी गोलअन्तरमा तेस्रोमा छ । पहिलो हार बेहोरेको पुलिस ४ खेलबाट आठौं स्थानमा यथावत रहेको छ । थ्री स्टार र एनआरटीसँग अंक बराबरी रहेपनि पुलिस गोल अन्तरमा पछि परेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.