एजेन्सी, साउन २७
लसुन हाम्रो किचनमा सजिलै उपलब्ध हुन्छ । विशेषरुपमा यसको प्रयोग खानाको स्वाद बढाउन गरिन्छ । यसले तपाईंलाई विभिन्न स्वास्थ्य लाभ प्रदान गर्छ जस्तै रक्तचापलाई कम गर्नु, कोलेस्ट्रोलको स्तरलाई घटाउनु, कार्डियोभास्कुलर स्वास्थ्यमा सुधार गर्नु र क्यान्सरलाई रोक्न सहयोग गर्नु । लसुनलाई औषधीको रुपमा समेत प्रयोग गरिन्छ ।
लसुन खानुका यस्ता छन फाइदा
१. प्रतिरोधी क्षमतालाई चुस्त राख्दछ
लसुनमा प्रोटिन हुन्छ जसले विभिन्न स्वास्थ्य समस्यासँग जुध्ने एन्टीबडी बनाउन सहयोग गर्दछ । यसलाई रुघा–खोकी र यहाँसम्म कि अत्यधिक गम्भीर रोग लाग्ने जोखिम पनि कम गर्ने गर्दछ । यसका साथै, जो व्यक्तिको रगत गाढा हुन्छ, उनीहरुका लागि पनि लसुन निकै फाइदाजनक हुन्छ । यसले शरिरमा रक्त प्रवाहलाई सहज बनाउने काम गर्छ । यसले रगतलाई पातलो बनाउँछ जसले तपाईं सम्भावित रोगबाट बचाउने गर्दछ ।
२. हृदय रोगबाट बचाउँछ
लसुनले तपाईंको शरिरमा ब्याड कोलेस्ट्रोलको स्तर कम गर्दछ । यसकारण तपाईंको मुटु सधैं स्वस्थ रहन्छ । यसले शरिरमा गुड कोलेस्ट्रोल बढाउन सहयोग गर्दछ । उच्च रक्तचापलाई कम गर्न पनि लसुन निकै फाइदाजनक हुन्छ । यसमा पाइने एलिसिन नामक तत्वले उच्च रक्तचापलाई सामान्य गर्न सहयोग गर्छ ।
३. क्यान्सरलाई नष्ट गर्छ
लसुनको सबैभन्दा ठूलो फाइदा यसले रोग प्रतिरोधात्मक क्षमतालाई विकास गर्दछ । केही जानकारका अनुसार लसुनमा क्यान्सरजस्तो गम्भीर रोगसँग लड्ने क्षमता पनि हुन्छ । प्यानक्रियाज, कोलोक्टोरोल, स्तन र प्रोस्टेट क्यान्सरका रोगीलाई काँचो लसुनको सेवन गर्न डाक्टरले सल्लाह दिन्छन् ।
४. दाँत दुखाईमा राहत
लसुनले दाँत दुखाईमा पनि राहत दिलाउने काम गर्दछ । लसुनलाई ल्वाङ्गसँग पिसेर दाँत दुखेको ठाउँमा लगाउँदा पीडाबाट तुरुन्त राहत प्रदान गर्छ ।
५. गर्भावस्थामा पनि फाइदाजनक
गर्भावस्थामा लसुनको नियमित सेवनले आमा र शिशुको स्वास्थ्यमा निकै फाइदा पुर्याउँछ । यसले गर्भ्भित्र शिशुको तौल बढाउन पनि सहयोग गर्दछ । गर्भवती महिलालाई यदि उच्च रक्तचाप छ भने उनले ९ महिनासम्मै लसुनलाई कुनै न कुनै रुपमा सेवन गर्नैपर्छ । यसले रक्तचापलाई नियन्त्रण गरेर शिशुलाई हानी हुनबाट जोगाउँछ । यसले गर्भको शिशुको तौल बढाएर समय पूर्वको प्रसवको खतरालाई कम गर्छ ।