×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

अब सिंह, निधि र गुरुङले कसलाई सघाउलान् ?

२८ मंसिर २०७८

२८ मंसिर, विराटनगर ।
कांग्रस सभापतिको सोमबार भएको निर्वाचनमा सभापति शेरबहादुर देउवाले पहिलो र अर्का प्रत्यासी शेखर कोइरालाले दोस्रो भोट पाएपनि बहुमत पुर्‍याउन सकेनन् ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ । त्यसआधारमा अब देउवा र कोइरालाबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

Advertisement
Advertisement

यस्तोमा दोस्रो चरणको निर्वाचनमा अब प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ निर्णायक बनेका छन् । पहिलो चरणको निर्वाचनमा तेस्रो, चौथो र पाँचौ भएका सिंह, निधि र गुरुङ निर्णायक बन्ने देखिएका हुन् ।

पहिलो चरणको निर्वाचनमा देउवाले २२५८ मत प्राप्त गरेका छन् भने कोइरालाले १७०२ मत पाएका छन् । देउवा र कोइरालाका बीच ५५६ को मतान्तर छ ।

जबकि सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका छन् । सिंह, निधि र गुरुङको मत जोड्दा ६४३ मत हुन्छ । जबकि जितका लागि देउवालाई ८२ मत र कोइरालालाई करिब छ सय मत आवश्यक पर्छ । महाधिवेशनमा ४ हजार ७ सय ४३ मतदाता छन् । पहिलो चरणको निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेको थियो ।

देउवाले पहिलो चरणमै ५० प्रतिशत कटाएर जित निकाल्ने रणनीति अपनाएका थिए । त्यसैका लागि उनले पहिलो चरणमै नेता कृष्णप्रसाद सिटौलासँग समीकरण गरेर प्यानल बनाएका थिए । तर, झिनो मतले उनले बहुमत पुर्‍याउन सकेनन् ।

कोइराला भने चुनावलाई दोस्रो चरणमा लैजाने र परिणाम आफ्नो पक्षमा पार्ने दाउमा छन् । सिंह र निधिले पनि चुनाव दोस्रो चरणमा पुगेको अवस्थामा आफूहरूको भूमिका अर्थपूर्ण देखेका थिए ।

निधिले यसअघि नै आफूहरूले कोइरालालाई सहयोग गर्ने घोषणा गरिसकेका छन् । ‘चुनाव दोस्रो चरणमा जान्छ, प्रकाशमानजी, म र शेखरजी मिल्छौँ, दोस्रोचरणबाट नेतृत्व परिवर्तन हुन्छ,’ उनले भनेका थिए ।

त्यस्तै, प्रकाशमान सिंहले पनि सोमबार मतदान गरेर बाहिरिदै गर्दा आफू नेतृत्व परिवर्तनको पक्षमा रहेको बताएका थिए । दोस्रो चरणमा निर्वाचन हुने भएपछि नेताहरूबीच दौडधुप सुरू भएको छ । देउवा जित आफ्नो पक्षमा पार्न सिंह वा निधिलाई आफ्नो पक्षमा पार्न सके पुग्नेछ ।

तर, कोइरालाका लागि देउवाबाहेक सबैका बीचमा एकता गर्नुपर्ने आवश्यक देखिएको छ ।

Advertisement

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top