×

NEPAL TIMES UPDATES

Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026
Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026
Playing
प्रधानन्यायाधीश बन्ने डा. मनोजकुमार को हुन् ? सपनाको सपना अधुरै|| Nepal Times
May 07, 2026
Playing
युरोपविरुद्ध अमेरिका झनै कठोर, भन्यो–आतंकवाद विकसित हुने थलो|| Nepal Times
May 07, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-24-2083 || Nepal Times
May 07, 2026
Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026
Playing
नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड || Nepal Times
May 07, 2026
Playing
वर्षे अधिवेशनमा तीन विधेयकबाहेक अरू छैन बिजनेस|| Nepal Times
May 07, 2026
Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026

अमेरिकाले विदेशमा गर्ने खर्च बढाइरहँदा चीनले घटायो

२८ मंसिर २०७८

२८ मंसिर, एजेन्सी ।
आफ्नो मुख्य प्रतिद्वन्द्वी अमेरिकाले विदेशमा गर्ने खर्च बढाइरहँदा चीनले भने कूटनीतिक खर्च कटौती गर्न थालेको छ।

राष्ट्रपति सी चिनफिङले ‘चिनियाँ राष्ट्रको महान् कायाकल्प’ सफल पार्न कूटनीतिज्ञले सघाउनुपर्ने बताएका छन्। उनको दृष्टिकोणअनुसार अमेरिकासँग फराकिलो बन्दै गएको वैचारिक र भूराजनीतिक विभाजनका कारण उत्पन्न हुने अभूतपूर्व उथलपुथलबाट चीन अन्ततः सफलतापूर्वक पार हुनेछ।

Advertisement
Advertisement

विदेशमन्त्री वाङ यीले गत जुलाईमा यही सन्देश प्रवाह गरे। ‘इतिहासको नयाँ विन्दुमा उभिइरहँदा हामीले धेरै भूराजनीतिक जटिलताको सामना गरिरहेका छौँ।

हाम्रा सामु अझ ठूला जिम्मेवारी र कठिन काम बाँकी छन्,’ उनले कार्यकर्ताहरुलाई भनेका थिए, ‘हामीले कूटनीतिज्ञहरुको फलामे सेना गठन गर्नुपर्छ, जोसँग नयाँ युगका लागि चिनियाँ विशेषतासहितको कूटनीतिमा नयाँ अध्याय सुरु गर्न अजेय राजनीतिक इच्छाशक्ति, अटुट दृढसंकल्प, उच्च क्षमता र कठोर आकांक्षा हुनुपर्छ।’

तर, विदेश मामिलामा चीनको खर्च भने कटौती हुन थालेको छ। २०२० अघिसम्म चीनले कूटनीतिमा बजेट बढाउँदै लगेको थियो। गत वर्ष चीनले कूटनीतिमा ८.०७ अर्ब डलर खर्च गर्यो, जुन अघिल्लो सालको भन्दा १६.४७ प्रतिशतले कम हो।

२०१९ मा चिनियाँ विदेश मन्त्रालयको बजेट ५.४९ प्रतिशतले बढेको थियो। तर, संसदमा पेस भएको यस वर्षको वार्षिक वित्तीय विवरण हेर्दा खर्च कटौती भएको देखिएको छ। जुन, पार्टी नेतृत्वको ‘पटुकी कस्ने’ निर्देशनअनुसार नै घटेको बताइएको छ।

तर, यसविपरीत अमेरिकी राष्ट्रपति जो बाइडेनले भने कूटनीतिक शक्ति विस्तारका लागि खर्च पनि बढाउँदै लगेका छन्। अमेरिकाको विदेशनीतिका दुई खम्बा, विदेश मन्त्रालय र यूएसएडका लागि बाइडेनले आग्रह गरेको ५८.५ अर्ब डलर बजेट संसदले स्वीकृत गरेको छ। जुन अघिल्लो वर्षभन्दा १० प्रतिशत बढी हो।

कोभिड–१९ महामारीपछि अमेरिकाले ५८ करोड डोज खोप दान गर्ने बाचा गरेको छ। चीनले २ अर्ब डोज उपलब्ध गराउने बताएको छ।

खोप कूटनीति बढेसँगै बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मा पनि चीनको लगानी व्यापक कटौती भएको छ। २०१९ पछि बीआरआईअन्तर्गत १३८ देशमा चीनको लगानी ५४ प्रतिशतले घटेको छ। गत वर्ष चीनले ४७ अर्ब डलर लगानी गरेको थियो।

सो परियोजना सुरु भएयता गत वर्ष सबैभन्दा कम लगानी भएको चिनियाँ थिंक ट्यांक ग्रिन बीआरआईले जनाएको छ। असफल सम्झौता र महामारीका कारण पनि लगानी घटेको हो। तर, मुख्यगरी विदेशी परियोजनामा लगानी गर्न चीनले होसियारी अपनाउन थालेको छ।

कूटनीतिज्ञहरुको नयाँ पुस्ता तयार गर्ने चीनको अभियानमा पनि सुस्ती आएको छ। यो वर्ष चिनियाँ विदेश मन्त्रालयमा १४२ जना मात्र भर्ती भएका छन्। यो २०१२ यताकै कम संख्या हो। अर्को वर्ष भने बढाएर १७० पुर्याइनेछ। गएको दशकमा सबैभन्दा बढी २०१९ मा २१७ नयाँ कूटनीतिक कर्मचारी भर्ती भएका थिए।

चाइना फरेन अफेयर्स युनिभर्सिटीका प्राध्यापक वाङ छुनयिङको पछिल्लो आकलनअनुसार चिनियाँ विदेश मन्त्रालयमा करिब १० हजार स्टाफ छन्। मन्त्रालयका कर्मचारी संख्याबारे कुनै सूचना सार्वजनिक रुपमा उपलब्ध छैन। यद्यपि चिनियाँ अध्येताहरुका अनुसार अन्य सरकारी अंग र प्राज्ञिक संस्थाहरुमा कार्यरतलाई पनि विदेश मन्त्रालयको नियमित रुपमा काममा खटाउने गरिन्छ।

अर्कोतिर, अमेरिकाले भने यही वर्ष ५ सय नयाँ कर्मचारीलाई विदेश तथा नागरिक सेवामा भर्ना गर्दैछ। त्यस्तै विश्वव्यापी स्वास्थ्य सुरक्षाका क्षेत्रमा काम गर्न ७० जना थपिँदैछ। यो संख्या अमेरिकी विदेश मन्त्रालयका १३ हजार ७९० कर्मचारीमा गएर थपिनेछ।

कुनै पनि मुलुकको कूटनीतिक क्षमता र प्रभाव कूटनीतिज्ञहरुको संख्यामा निर्भर हुँदैन। तर, चीनको कर्मचारी संख्या र विश्वव्यापी महत्वाकांक्षाबीच बेमेल देखिन सक्ने चेतावनी चिनियाँ विदेश नीतिका विज्ञहरुले दिएका थिए।

चीनको कूटनीतिक क्षमतामाथि अध्ययन गर्दै आएका पेकिङ युनिभर्सिटीका प्राध्यापक वाङ यिचौले २०१७ मा बेइजिङको विदेश नीतिसम्बन्धी लक्ष्य पुरा गर्न कूटनीतिज्ञहरुको संख्या बढाउनुपर्ने बताएका थिए। कर्मचारीको संख्या मात्र होइन, तिनको गुणस्तरले पनि विज्ञहरुलाई चिन्तित बनाएको छ।

‘अमेरिकाको विश्वव्यापी कूटनीतिक सञ्जाललाई हेर्दा हामी अहिले नै उनीहरुसँग दाँजिन सक्दैनौँ। तर, अमेरिकाको कूटनीति अधोगतिमा छ भने चीन अझै उदाउँदो छ,’ ओसन युनिभर्सिटी अफ चाइनाका अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ पाङ चोङयिङ भन्छन्, ‘चिनियाँ कूटनीतिमा बाँकी रहेको काम भनेको व्यवसायीकरणलाई जोड दिनु हो।’

‘हामी अमेरिकी विदेश मन्त्रालयसँग दाँजिन चाहन्छौँ भने उनीहरुका प्रमुख कूटनीतिज्ञहरुझैँ हाम्रा पनि करिअर डिप्लोम्याटहरु हुन आवश्यक छ,’ उनले थपे। वुल्फ वारिअर डिप्लोमेसी भनेर चिनिएको आक्रामक शैलीको कूटनीति पनि समस्याको एक हिस्सा भएको वासिङ्टनस्थित स्टिमसन सेन्टरकी सुन युन बताउँछिन्।

त्यस्तै, धेरै मुलुकको सरकारी भाषा अंग्रेजी भएकाले पनि चिनियाँ कूटनीतिज्ञहरुलाई समस्या पर्ने गरेको उनको भनाइ छ।

Advertisement
Advertisement

‘विदेश नीति निर्माणमा चिनियाँ विदेश मन्त्रालयको भन्दा अमेरिकी विदेश मन्त्रालयको पकड ज्यादा छ। किनभने अमेरिकी विदेशमन्त्री राष्ट्रपतिको उत्तराधिकारीको रोलक्रममा चौथो स्थानमा हुन्छन्,’ उनले भनिन्, ‘जबकि चिनियाँ विदेशमन्त्री राष्ट्रपति बन्ने अपेक्षा कसैले पनि गर्दैन।’(एससीएमपी)

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top