×

NEPAL TIMES UPDATES

Playing
रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिनु पर्ने कारण यस्तो || Nepal Times
Mar 22, 2026
Playing
एल्गोरिदमदेखि डायस्पोरासम्मः रास्वपाको उभार कसरी सम्भव भयो ?|| Nepal Times
Mar 22, 2026
Playing
World News: Americaले स्थलसेना पठाए Iranबाट नफर्किने,अब खाडीको उर्जाकेन्द्र ध्व*स्त पार्ने
Mar 22, 2026
Playing
कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ? || Nepal Times
Mar 22, 2026
Playing
नेपाली भूमि लिपुलेकबाट भारत–चीन व्यापार, बालेनको नयाँ सरकारले के भन्ला ? || Nepal Times
Mar 22, 2026
Playing
Top 15 Afternoon News || Mar-22-2026 || Nepal Times
Mar 22, 2026
Playing
१२ गते सपथ, १३ गते सरकार गठन, १६ गते संसद्को अधिवेशन|| Nepal Times#balen #nepal #rsp
Mar 22, 2026
Playing
किन दुर्घ ट नातर्फ जाँदैछ नेपाली फुटबल ? प्रतिबन्धको जोखिम || Nepal Times
Mar 22, 2026
Playing
एमालेमा पूर्वमाओवादी: बादललाई लाभ अरू बदनाम र गुमनाम || Nepal Times
Mar 22, 2026
Playing
इरानी आ क्रम णबाट अमेरिकी अड्डामा झण्डै १ खर्ब २० अर्ब बराबरको क्ष ति || Nepal Times
Mar 22, 2026

बेलायतमा ओमिक्रोनबाट पहिलोपटक एक जनाको मृत्यु

२८ मंसिर २०७८

२८ मंसिर, एजेन्सी ।
कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनबाट पहिलोपटक बेलायतमा एक जनाको मृत्यु भएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ओमिक्रोन संक्रमितका कारण अस्पतालहरूमा चाप बढेको बताएका छन् । उनले सर्वसाधारणलाई सम्भव भएसम्म छिटो कोभिडविरुद्धको खोपको बुस्टर डोज लगाउन आग्रह गरेका बीबीसीले जनाएको छ ।

Advertisement

राजधानी लन्डनस्थित एक खोप केन्द्रको भ्रमण गर्दै जोन्सनले ‘ओमिक्रोनका लक्षणहरू मध्यम खालका हुने भन्ने मानसिकता त्याग्नुपर्ने’ बताएका छन् । ‘दुःखसाथ भन्नुपर्छ– ओमिक्रोनका कारण अस्पताल भर्ना हुनेको संख्या बढको छ र यसका कारण कम्तीमा एक जनाको मृत्यु भएको छ,’ पश्चिम लन्डनको पडिङ्टनस्थित खोप केन्द्र पुगेका जोन्सनले भने ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाले बुस्टर डोजका लागि कम्तीमा एक लाख जनाले नाम दर्ता गर्न खोजेपछि वेबसाइटमा समस्या उत्पन्न भएको जनाएको छ । त्यस्तै, कतिपय खोप केन्द्रमा आइतबार र सोमबार मानिसहरूको लामो लाम लागेको बताइएको छ ।

यसअघि, बेलायती वैज्ञानिकहरूले ओमिक्रोनबाट बच्न खोपको दुई मात्रा मात्र पर्याप्त नहुने चेतावनी दिएका थिए । ओमिक्रोन र डेल्टा संक्रमितबारे गरिएको अध्ययनका आधारमा वैज्ञानिकहरूले नयाँ भेरिएन्टको संक्रमणबाट सुरक्षित रहन तेस्रो अर्थात् बुस्टर डोज आवश्यक हुने बताइसकेका छन् ।

बुस्टर डोज लिएको खण्डमा कोभिडबाट सुरक्षित हुने सम्भावना ७० देखि ७५ प्रतिशत हुने जनाइएको छ । बेलायती वैज्ञानिकहरूले ओमिक्रोन र डेल्टा भेरिएन्टबाट संक्रमित करिब ६ सय जनामा गरेको अध्ययनका आधारमा उक्त नतिजा सार्वजनिक गरेका हुन् ।

बेलायतमा हरेक दुईरतीन दिनमा ओमिक्रोन संक्रमितको संख्या दोबर हुने गरेको छ । यदि संक्रमणको दर हालकै जस्तो रहेको खण्डमा डिसेम्बर अन्त्यसम्म दैनिक एक लाख जना ओमिक्रोनबाट संक्रमित हुने अनुमान स्वास्थ्य अधिकारीहरूको छ । बेलायतमा हालसम्म १ लाख ४६ हजार जनाको कोभिड–१९ को संक्रमणका कारण ज्यान गइसकेको छ ।

भर्खरको समाचार

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

सम्बन्धित खबरहरु

Scroll to Top