कांग्रेस नेतृत्वमा फेरि देउवा

२९ मंसिर, काठमाडौं । शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापति निर्वाचित भएका छन्।हाल पाँचौंपटक प्रधानमन्त्री रहेका देउवा दोस्रो कार्यकालका लागि पार्टीको सभापतिमा निर्वाचित भएका हुन् ।
१३औं महाधिवेशनबाट कांग्रेसको नेतृत्वमा पुगेका देउवाले १४औं महाधिवेशनमा पनि बाजी मारेका हुन्। १४औं महाधिवेशनबाट सभापति चयनका लागि भएको पहिलो चरणको निर्वाचनमा सभापतिको टुंगो नलागेपछि दोस्रो चरणमा डा शेखर कोइरालालाई पराजित गर्दै देउवा सभापति चुनिएका हुन्।
मतदान अधिकृत सुनिल पाण्डेका अनुसार कुल ४६ सय २३ मत खसेकोमा २७३३ मत देउवाले पाए । कोइरालाले १८५५ पाए । ३५ मत बदर भयो ।
दुईपल्ट सभापति भएसँगै देउवा छैटौंपटक प्रधानमन्त्री बन्ने पनि लगभग ‘पक्का’ देखिएको छ। वामपन्थी दलहरु टुटफुट भएको समयमा कांग्रेस सबैभन्दा ठूलो दल बन्ने सम्भावना कायम छ।
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top