सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु, तीन घाईते

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु, तीन घाईते

१ पौष, मोरङ । सुनसरी र झापा दुई छुट्टाछुटै स्थानमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु र ३ जना घाईते भएका छन् ।

मंसिर २९ गते दिउँसो साढे १ बजे सुनसरीको भोक्राहा नरसिंह गाँपालिका–६ स्थितमा प्रदेश १–०२–०४४ प ३५४० नम्बरको मोटरसाईकलले स्थानिय ४० बर्षिय बैजनाथ रिषिदेवलाई ठक्कर दिई दुर्घटना हुँदा रिषिदेव सहित मोटरसाईकल चालक भोक्राहा–८ का २१ बर्षिय सराज आलम, पछाडि सवार २३ बर्षिय ईरसाद आलम र महपुज आलम समेत घाइते भई उपचारको लागि जिल्ला अस्पताल सुनसरी पु¥याईएकोमा उपचारको क्रममा मध्य राती साढे ११ बजे रिषिदेवको मृत्यु भएको हो ।

त्यसैगरी मंसिर २९ गते राती पौने ८ बजे झापाको कन्काई नगरपालिका–७ दुर्गापुर स्थितमा ना ५ ख ७९३७ नम्बरको बसले र बिपरीत दिशाबाट आउँदै गरेको मे ७ प २८४६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक ईलाम रोङ गाँउपालिका–६ का ३३ बर्षिय सन्तोष राई र पछाडि सवार ४० बर्षिय चन्द्र बहादुर राई घाईते भई उपचारको लागि बि. एण्ड सि. अस्पताल बिर्तामोड पु¥याईएकोमा उपचारको क्रममा राती पौने ९ बजे दुवै जनाको मृत्यु भएको हो ।

बस र बस चालक ईलामको चुलाचुली गाँउपालिका–६ का ३१ बर्षिय सरोज ढकाललाई ईलाका प्रहरी कार्यालय सुरुङगाको नियन्त्रणमा लिईएको छ । घटना सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.