×

NEPAL TIMES UPDATES

Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026
Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026
Playing
प्रधानन्यायाधीश बन्ने डा. मनोजकुमार को हुन् ? सपनाको सपना अधुरै|| Nepal Times
May 07, 2026
Playing
युरोपविरुद्ध अमेरिका झनै कठोर, भन्यो–आतंकवाद विकसित हुने थलो|| Nepal Times
May 07, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-24-2083 || Nepal Times
May 07, 2026
Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026
Playing
नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड || Nepal Times
May 07, 2026
Playing
वर्षे अधिवेशनमा तीन विधेयकबाहेक अरू छैन बिजनेस|| Nepal Times
May 07, 2026
Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026

सी र पुटिन नजिकिदा सशंकित पश्चिमा, डरायो भारत

२ पुस, काठमाडौं । 
केही साता पहिले मात्रै ६ घण्टाका लागि भारत भ्रमण गरेर हतियार निमार्णसम्बन्धी महत्वपूर्ण सम्झौता गरेर रुस फर्किएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना पुराना अर्का समकक्षी चिनियाँ राष्ट्रपति सी सी जिनपिङसँग भर्चुअल संवाद गरेका छन् । आफूसँगको भेटपछि पुटिनले सीसँग गरेको संवादलाई लिएर भारत थप चनाखो भएको छ भने रुससँग बसित बनेका पश्चिमा राष्ट्र थप चिन्तित बनेका छन् ।

भारत आफूपछि सीसँग संवाद गरेकोमा अन्योलतामा डुबेको छ भने युक्रेनमाथि आक्रमणको आशंका जनाईरहेका पश्चिमा राष्ट्र रुस र चीनबीचको संवादले थप सशंकित बनेका छन् । पश्चिमासँग दुवै देशको तनावपूर्ण सम्बन्ध रहेका बेला दुई नेताबीच भिडियो संवादले विश्वमा तरङ ल्याइदिएको छ । उनीहरूले दुई देशबीचको सम्बन्ध २१औँ शताब्दीमा अन्तर–राज्य सम्बन्धको उपयुक्त उदाहरण भएको बताएका छन् । संवादपछि पुटिनले भनेका छन् । दुई देशबीच सहयोगको एक नयाँ नमुना बनेको छ,” । यस्तै आन्तरिक मामिलामा अहस्तक्षेप, एकअर्काको स्वार्थको सम्मान, सीमामा शान्ति कायम गर्ने लगायत सिद्धान्तको आधारमा दुई देशको सम्बन्ध राम्रो रहेको उनको भनाइ छ । सीले रुसी राष्ट्रपतिले प्रमुख राष्ट्रिय हित संरक्षण गर्ने चीनको प्रयासलाई समर्थन गरेको र दुई देशबीचको सम्बन्धमा दरार ल्याउने प्रयासविरुद्ध दृढ रूपमा प्रतिवाद गरेको बताएका छन् । संवादमा सीले “म यसको धेरै कदर गर्छु,” बनेका छन् । रुसी राष्ट्रपति पुटिनले चिनियाँ समकक्षी सीलाई फेब्रुअरीमा हुने ओलम्पिकको अवसरमा बेइजिङमा भेट्ने योजना रहेको बताएका छन् । “सहमति अनुसार हामी कुराकानी गरेर शीतकालीन ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा भाग लिनेछौँ,” पुटिनले भनेका छन् । यो ओलम्पिलाई भने अमेरिकासहित केही पश्चिमाले कुटनैतिक बहिष्कार गरिसकेका छन् । अमेरिका, अष्ट्रेलिया, यूके लगायत पश्चिमा देशहरूले चीनले सिनजियाङमा रहेका उइगुर र अरू मुस्लिम समुदायका मानिसहरूको मानवअधिकार हनन् गरेको आरोप लगाउने गरेका छन् । यही विषयलाई लिएर अमेरिका, यूके, क्यानडा र अस्ट्रेलियाले शीतकालीन बेइजिङ ओलम्पिकमा कूटनीतिक बहिष्कार गर्ने बताएका छन् ।

Advertisement
Advertisement

हालै अमेरिकाले सिनजियाङबाट आयात प्रतिबन्ध गर्ने विधेयक पास गरेको छ । चीनले भने आफूमाथि लगाएको आरोप अस्वीकार गर्दै आएको छ । र बदला लिने चेतावनी दिँदै आएको छ । चीनमाथि मानवअधिकारविरोधी गतिविधी गरेको आरोप लगाउदै ओलम्पिकलाई कुटनैतिक बहिष्कार गर्ने उनीहरुले निर्णय गरिरहेका बेला पुटिने भने आफू स्वयम ओलम्पिकको उद्घाटन समारोहमा उपस्थित हुने वचन दिएका छन् । हालैका महिनाहरूमा रुस र पश्चिमा देशहरूबीच तनाव बढिरहेको छ । रुसले युक्रेनसँगको सीमा क्षेत्रमा ठूलो संख्यामा सैनिक परिचालन गरेपछि पश्चिमासँग उसको तनाव बढेको हो । युक्रेनले रुसले सैन्य कारबाही गर्न दशौँ हजार सेना परिचालन गरेको आरोप लगाउने गरेको छ । तर क्रेमलिनले भने युक्रेनमाथि आक्रमण गर्ने कुनै योजना नरहेको भनी आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएको छ । दुई नेताबीच वार्ता हुनु पहिले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले दुई नेताले युरोपमा भएको तनाव र अमेरिका र नेटोको ‘आक्रामक’ वक्तव्यवाजीबारे छलफल गर्ने बताएका थिए ।

पश्चिमा देशसँगको सम्बन्ध खराब हुँदै गएका बेला दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुँदै गएको छ । पुटिनले विशेषगरी ऊर्जा क्षेत्रमा अमेरिकी प्रभावलाई सन्तुलनमा राख्न चीनसँगको साझेदारी प्रयोग गरेका छन् । दुई नेता २० वर्षे मैत्रीपूर्ण र सहकार्य सम्झौता विस्तार गर्न सहमत भएका छन् ।रुस र चीनले सैन्य सहकार्य मात्र गरेका छैनन्, कूटनीतिक र आर्थिक मोर्चालाई पनि बलियो बनाएका छन् । पेस्कोभले दुई नेताबीच ऊर्जा, व्यापार र लगानी लगायत व्यापक एजेन्डामा छलफल हुने बताएका थिए । चिनियाँ राष्ट्रपति सीले यसअघि पुटिनलाई आफ्नो ‘बेस्ट फ्रेन्ड’ भनी अभिब्यक्ति दिएका थिए । रुसी राष्ट्रपति पुटिन र उनका अमेरिकी समकक्षी जो बाइडनबीच भिडियो कल भएको एक सातापछि सी–पुटिन वार्ता भएको हो । त्यो वार्तामा बाइडनले युक्रेनमाथि आक्रमण नगर्न पुटिनलाई चेतावनी दिएका थिए भने पुटिनले पश्चिमाबाट सुरक्षा ग्यारेन्टी खोजेका थिए ।

पुटिनले यसै महिना भारतमा आएर नरेन्द्र मोदी, त्यसलगत्तै बाइडेन र अन्तिममा स् िसँग संवाद गरेपछि पुटिनले शक्ति राष्ट्र र आफ्ना नजिकका राष्ट्रहरुसँग छलफल गरेर के रणनीति बनाउदैछ भन्ने ठूलो प्रश्न विश्व भूराजनीतिमा उब्जिएको छ । भारत र रुसबीच बलियो द्विपक्षीय सम्बन्ध छ । यो शक्ति सोभियत संघको पालाको जस्तो नहोला तर अहिले पनि भारतका अधिकांश सैन्य उपकरण रुसबाट आउँछन्

Advertisement
Advertisement

। अर्थात भारतलाई रुसले बजारको रुपमा लिएको छ तर त्यही रुस र चीनको बढ्दो मित्रताले रुससँगको भारतको सम्बन्धलाई कस्तो गर्छ भन्ने वहस अहिले सुरु भएको छ । तर चीनसँगको प्रगाढ सम्बन्धबाट भारत त्रस्त हुनु नपर्ने भारतीय सुरक्षा विज्ञहरुले बताएका छन् । भारत र चीनबीच टकरावको स्थिती आए रुस मौन बस्ने उनीहरुको विश्वास छ ।

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top