ओलीविरुद्ध प्रचण्डले आगो ओकले

२ पुस, काठमाडौं । अलग अलग राजनीतिक पृष्ठभूमि भएपनि राजनीतिक यात्राको महत्वपूर्ण कालखण्डमा एकै बैठकमा, एकै कोठामा घटौ विचार विर्मशका लागि समय खर्चिएका, एक विमानका दुई पाइलटका रुपमा आफूलाई चिनाएका नेपालका दुई पूर्व प्रधानमन्त्री तथा प्रमुख दुई राजनीतिक दलका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको सम्बन्ध अझै पानी बाराबारको स्थितीमा छ ।

नेकपा एमाले र माओवादी केन्द्रलाई हाकिरहेका यी दुई अध्यक्ष अहिले पनि भेटहुदा एकअर्कालाई शिष्टाचार व्यक्त गर्न रुचि राख्दैनन् । यी दुईको सम्बन्ध यति तितोले भरिएको छ कि एकले अर्काको भाषण त के उपस्थिती समेत अस्वीकार्य बन्दै आएको छ । नेकपा माओवादी र नेकपा एमालेबाट नेकपामा जोडिएका र फेरि पुरानै अवस्थामा फर्किएर विभिन्न हन्डर ठक्कर खाईरहेका नेपाली राजनीतिका यी दुई प्रमुख खेलाडी अहिले पूर्व राजा ज्ञानेन्द्र शाहको विषयलाई लिएर खुल्ला मैदानमा उत्रिएका छन् । बुधबार मात्रै ओलीले प्रचण्डलाई राजासँग जोडिदिएपछि प्रचण्डले ओलीमाथि आगो ओकलेका छन् । ओलीले प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्र शाहबीच विगतमा गोप्य साँठगाँठ भएको पनि दाबी गरेका छन् । प्रचण्डसँगको साँठगाँठकै कारण ज्ञानेन्द्रले माघ १९ को दिन शासनसत्ता हातमा लिएको ओलीको दाबी छ । माघ १९ मा ज्ञानेन्द्र र प्रचण्डबीच सहमति भएर त्यो उपद्रव अर्थात शसस्त्रद्वन्द भएको ओलीले जिकिर गरे ।

ज्ञानेन्द्र र प्रचण्डका बीचमा पाँच बुँदे सहमति भएको बताउँदै ओलीले भने, ‘के सहमति भएको थियो, कि ज्ञानेन्द्रले भन्नुपर्यो, कि प्रचण्डले भन्नुपर्यो । कसका विरुद्ध सहमति भएको थियो ? उनले प्रश्न गरे । त्यही सहमतिपछि ज्ञानेन्द्रले रोल्पा, रुकुम जिल्लामा समेत अभिनन्दन कार्यक्रम गरेको ओलीको दाबी छ । प्रचण्डले बाहिर क्रान्ति र राष्ट्रियताको कुरा गर्ने तर भित्रभित्रै प्रतिक्रियावादी शक्तिसँग साँठगाँठ गरेको ओलीले आरोप लगाएका थिए । त्यसको शिकार नेपाल भएको र त्यसको मार अहिले आफूहरुले खाइरहेको ओलीको भनाई छ । ओलीको यो आरोपले अहिले नेपालको राजनीति तातिरहेको छ । यो आरोपको प्रचण्डले खण्डन मात्रै गरेका छैनन् उनले ओलीसँग जवाफ समेत मागेका छन् ।

बिहीबार एक वक्तव्य जारी गर्दै प्रचण्डले ओलीको दरिद्र राजनीतिक चरित्र प्रदर्शित भएको भन्दै कथित सहमति प्रमाणित गर्न चुनौती दिएका छन् । प्रमाणित गर्न नसके जनतासामु माफी माग्नुपर्ने प्रचण्डको माग छ । ‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन्,’ प्रचण्डको भनाइ छ, ‘म के. पी. ओलीलाई “पाँच बुँदे सहमति” प्रमाणित गर्न र प्रमाणित गर्न नसके झूटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।’ निकै कडा भाषामा जारी गरिएको वक्तव्यमा , ‘दलाल पूँजिपति वर्ग र प्रतिगमनको राजनीतिक प्रतिनिधिका रूपमा देखा परेका एमाले गुटका अध्यक्ष केपी शर्मा ओली झूट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई हालैको आफ्नै अभिव्यक्तिले प्रमाणित गरेको छ भनेर उल्लेख गरेका छन् । यस्तै ‘प्रचण्ड’ ले आफु र आफ्नो पार्टी लाखौँ लगानीकर्ताको हितका पक्षमा रहेको स्पष्ट पारेका छन्। ‘आजको पूँजीवादको चरित्रबार मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौँ लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु’ उनले वक्तव्यमा उल्लेख गरेका छन् ।

गत शनिबार भने माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय पूँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पूँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रुप भएको बताएका थिए। प्रचण्डले एकाधिकार पूँजीवाद र संशोधनवाद जोडिएर वित्तीय एकाधिकार पूँजीवादमा भूमण्डलीकृत पूँजीवाद बन्दै गएको भन्दै यसलाई निस्तेज गर्ने गरी पूँजी बजारको विषयमा पार्टीको दस्तावेजमा नै समावेश गराउने योजना सुनाएका थिए। उनको यो अभिब्यक्तिपछि शेयर बजारमा ठूलो अंकको पहिरो आएको थियो भने प्रचण्ड र उनका पार्टीका अर्थमन्त्री जर्नादन शर्मालाई लिएर सामाजिक संजालमा ब्यापक आलोचना भएको थियो ।

यही प्रसंगमा पनि बुधबार ओलीले प्रचण्डमाथि प्रहार गरेका थिए । उनले जनताको जीवनस्तरमा कस्तो असर गर्छ भन्ने विषयलाई कुनै मतलव नगरी दाहालले अभिव्यक्ति दिएको ओलीले बताएका थिए । जनताको आर्थिक स्थिति र अर्थतन्त्रबारे दाहाललाई कुनै मतलब नभएको उनको आरोप थियो । सेयर कारोबारीले चन्दा नदिएको झोंकमा बजारलाई ध्वस्त पारिदिन खोजिएको उनले आरोप लगाउदै लेनिनभन्दा पनि दाहाल जान्ने भएको टिप्पणी गरेका थिए ।

 

 

 

 

 

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top