सुनको भाउ आज एकैदिन एक हजारले बढ्यो

सुनको भाउ आज एकैदिन एक हजारले बढ्यो

२ पौष, काठमाडौँ । सुनको भाउ आज एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको छ । यो महिना लागे पछि सुनको भाउ लगातार बढेको छ ।

मंसिर अन्तिम हप्ता केही घटेको सुनको भाउ फेरि बढ्न थालेको हो । आज तोलामा सुनको भाउ एक हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा पुगेको छ ।

हिजो पनि तोलामा सात सय रुपैयाँले सुनको भाउ बढेको थियो । यस्तै, चाँदीको भाउ पनि आज बढेको छ ।

हिजो तोलामा १२ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ५० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.