२ पौष, रुपन्देही । रुपन्देहीको लुम्बिनीमा आगलागी हुँदा १२ वटा पसल जलेर नष्ट भएका छन् ।
गएराति आगो लाग्दा १२ वटा पर्यटक लक्षित पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
पसलमा रहेका माला, मूर्ति, हस्तकलालगायतका सामान जलेको छ ।
आगलागीबाट ७० लाख रुपैयाँभन्दा धेरैको नोक्सानी भएको छ ।
चिसो छल्नका लागि बालेको आगो पसलमा सल्किएको प्रहरीले जनाएको छ ।