६७ देशबाट नेपाल आउँदा सात दिन होटल क्वारेण्टीन अनिवार्य

६७ देशबाट नेपाल आउँदा सात दिन होटल क्वारेण्टीन अनिवार्य

३ पुस, विराटनगर ।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएका ६७ देशबाट नेपाल आउँदा सात दिन होटल क्वरेण्टीन अनिवार्य गरिएको छ ।

अध्यागमन विभागले विज्ञप्ति निकालेर विभिन्न ६७ देशबाट नेपाल आउनेहरूलाई होटल क्वरेण्टीन अनिवार्य गरेको हो ।

होटल क्वरेण्टीन बस्दाको खर्च सम्बन्धित व्यक्तिले नै तिर्नुपर्ने विभागले जनाएको छ । विभागकाअनुसार ७ दिन होटल क्वरेण्टीन बसिसकेपछि कोरोना परीक्षण गराउनुपर्नेछ । रिपोर्ट नेगेटिभ आए फेरि ७ दिन घरमै क्वरेण्टीन बस्नुपर्नेछ।

नतिजा पोजिटिभ आएका व्यक्तिलाई तोकिएका आइसोलेशन केन्द्र वा अस्पताल पठाइने विभागले जनाएको छ । छिमेकी देश भारतसहित एसियाली देशहरुमा पनि ओमिक्रोन फैलिँदै गएकाले कडाइ गरिएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.