२४ घण्टा नबित्दै होटल क्वारेन्टिनको नियम फेरियो

३ पुस, विराटनगर ।
अध्यागमन विभागले विभिन्न देशबाट नेपाल आउने यात्रुले हप्तादिन होटलमा क्वारेन्टिनमा बस्नुपर्ने नियम तत्कालका लागि स्थगित गरेको छ।

विभागले शुक्रबार सूचना प्रकाशित गरेर विभिन्न ६७ देशबाट आउने यात्रुले सात दिन होटलका क्वारेन्टिनमा बस्नुपर्ने उल्लेख गरेको थियो। तर शनिबार सूचना निकालेर हप्ता दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम तत्कालका लागि लागू नहुने गरी स्थगित गरिएको जनाएको हो।

होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको हो। शनिबार जारी गरिएको सूचनामा भनिएको छ, ‘अध्यागमन विभागले १७ डिसेम्बर २०२१ मा प्रकाशित गरेको यात्रा प्रतिबन्ध (७ दिन अनिवार्य होटल क्वारेन्टिन) सम्बन्धी जानकारी अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ।

Advertisement

यसअघि सेप्टेम्बर २४ र डिसेम्बर २ मा प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचनाहरू यथावत रहनेछन्।’ विभागले शुक्रबार बेलुका विज्ञप्ति जारी गर्दै अमेरिका, युरोपका देशहरु, मलेसियासहित ६७ देशबाट आउने यात्रुले ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने उल्लेख गरेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top