४ पुस, सिरहा ।
गोलबजार नगरपालिका– ६ मा दुई समूहबीच झडप हुँदा एकजनाको ज्यान गएको छ ।
उनीहरुबीच छुरा हानाहान भएको थियो । छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । छुरा प्रहारबाट घाइते भएका गोलबजार नगरपालिका– ६ डोहटियाका २६ वर्षीय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नगरपालिका– ९ मा रहेको आरके मेरिसीटी अस्पताल पुर्याए लगत्तै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अर्का घाइते सोही ठाउँका १९ वर्षीय निकेश सदाको आरके मेरिसीटी अस्पतालमा उपचार भईरहेको छ । प्रहरीले दुई समूहबीच झडप भएको र घाइते भएको जनाए पनि घटनाबारे थप अनुसन्धान भइरहेको छ । प्रहरीले घटनामा संलग्नहरुको खोजी गरिरहेको जनाएको छ ।