ला लिगामा इल्चेमाथि बार्सिलोनाको जित

ला लिगामा इल्चेमाथि बार्सिलोनाको जित

४ पुस, एजेन्सी ।
स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एल्चीलाई ३–२ ले पराजित गरेको हो । १६ औँ मिनेटमा जुट्ग्ला र १९ औँ मिनेटमा पाएज गाविरियाले गोल गरी बार्सिलोनालाई सुरुवाति अग्रता दिलाएका थिए । एल्चीका लागि ६२ औँ मिनेटमा मोरेन्ते ओलिभा र ६३ औँ मिनेटमा मिलाले गोल गरे ।

बराबरीमा रहेको बार्सिलोनाका लागि ८५ औँ मिनेटमा गोन्जालेज इग्लेसिजले विजयी गोल गरेका हुन् । जितपछि सातौँ स्थानमा उक्लिएको बार्सिलोनाको १७ खेलबाट २७ अंक भएको छ । एल्ची १८ खेलबाट १५ अंकसहित १६ औँ स्थानमा छ ।

ला लिगा अन्तर्गत शनिबार राति भएका अरु खेलमा सेभिल्लाले एथ्लेटिको मड्रिडलाई २–१, रायो भालेकानोले एलाभेसलाई २–० तथा भिल्लारियलले रियल सोसिडाडलाई ३–१ ले पराजित गरेको छ ।

जितपछि दोस्रो स्थानको सेभिल्लाको १७ खेलबाट ३७ तथा चौथो स्थानमा उक्लिएको रायो भालेकानोको १८ खेलबाट ३० अंक भएको छ । पराजित भएको एथ्लेटिको मड्रिड १७ खेलबाट २९ अंकसहित पाँचौँ स्थानमा झरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.