×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नागरिकता नभएकालाई पनि निर्वाचनमा सहभागी गराउन उपेन्द्रको माग

४ पुष २०७८

४ पुस, विराटनगर ।
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उमेर पुगेका तर नागिरकता नपाएका व्यक्तिलाई पनि मतदाता नामावलीमा समावेश गरी निर्वाचन प्रक्रियामा भाग लिन पाउने अधिकार दिन माग गरेका छन्।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले हाल निर्वाचन आयोगले गरिरहेको मतदाता नामावली संकलन क्रममा नागरिकता नपाएकाहरूलाई नसेमेटको भन्दै तीव्र असन्तुष्टि जनाएका हुन्।

Advertisement
Advertisement

निर्वाचन प्रक्रियामा भाग लिन पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै अध्यक्ष यादवले नागरिकता प्रमाणपत्र बनाउनु र नागरिक हुनु फरक विषय भएको दाबी गरेका छन्।

‘नागरिकता प्रमाणपत्र नभएको अथवा राज्यले दिन नसकेको कारणले मात्र कुनै पनि व्यक्ति गैरनागरिक हुन सक्दैन’, यादवले भनेका छन्, ‘लाखौं जन्मसिद्ध नागरिकहरूका सन्तानलाई अझैसम्म राज्यले नागरिकता प्रमाणपत्र दिन सकेको छैन। त्यसैगरी लाखौं मधेसीहरूलाई नागरिकता प्रमाणपत्र राज्यले प्रदान गरेको छैन।’

यस्तो अवस्थामा निर्वाचन आयोगले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु, मतदान गर्न पाउने अधिकारबाट वञ्चित गर्नु, निर्वाचनको प्रक्रियामा सामेल हुनबाट रोक्ने कार्य असंवैधानिक साथै अन्तर्राष्ट्रिय कानुनविपरीत र मानवताविरोधी कार्य भएको आरोप यादवले लगाएका छन्।

‘निरंकुश पञ्चायतकाल र राजाको शासनकालमा पनि यस्तो व्यवस्था थिएन’, यादवले प्रश्न गरेका छन्, ‘नागरिकताको प्रमाणपत्र दिनुपर्ने दायित्व राज्यको हो, राज्यले आफ्नो जिम्मेवारी पूरा नगरेको तर त्यसको सजाय जनताले भोग्नुपर्ने, यो कस्तो न्याय हो ?’

Advertisement

यसैले सबै नेपाली नागरिकको नाम मतदाता नामावलीमा सामेल गरिनुपर्ने उनको जिकिर छ। उनले भनेका छन्, ‘निर्वाचन आयोग र सरकारले यस्तो गम्भीर विषयमा समयमै ध्यान पुर्याओस्। कुनै पनि नागरिकलाई नागरिक अधिकारबाट वञ्चित नपारियोस्।’

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top