चितवन मेडिकल कलेज शिक्षण अस्पतालले कपाल रोप्न किस्ताबन्दीमा ऋण दिने

४ पौष, चितवन । उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ तर चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भने कपाल रोप्न ऋण उपलब्ध गराउने भएको छ । अस्पतालले कपाल रोप्न (प्रत्यारोपण गर्न) आउने सेवाग्राहीलाई ऋणको व्यवस्था गरेको हो ।

Advertisement

अस्पतालले कपाल प्रत्यारोपणलगायत कस्मेटिक उपचार शुल्क किस्ताबन्दीमा तिर्न पाइने व्यवस्था गरेको छ । अस्पतालले सनराइज बैंकसँग सहकार्य गरेर किस्ताबन्दी सुविधा दिएको हो ।

अस्पतालभित्रै यसको काउन्टर रहेको छ । कपाल प्रत्यारोपणलगायत कस्मेटिक उपचारका लागि आउने सेवाग्राहीलाई किस्ताबन्दीमा शुल्क तिर्ने व्यवस्था मिलाइएको अस्पतालको डर्माटोलोजी विभागका व्यवस्थापन प्रमुख कृतिष्मा अर्यालले बताइन् ।

Advertisement

बैंकले २५ हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म यस्तो ऋण धितोविना नै शून्य ब्याजदरमा उपलब्ध गराउने उनको भनाइ छ । अठार महिनासम्म किस्तामा तिर्न मिल्ने ऋणका लागि आयस्रोत भने खुलाउनुपर्ने जनाइएको छ ।

उनले लक्जरी सुविधा भएकाले एकैपटक शुल्क तिर्न गाह्रो हुनेलाई लक्षित गरेर ऋणको व्यवस्था गरिएको जानकारी दिइन् । सेवा लिन आउने सेवाग्राहीलाई आवश्यक कागजपत्र बनाउन अस्पतालबाटै सहयोग गरिने जनाइएको छ। व्यवस्थापन विभाग अर्यालले भनिन्, ’बैंक धाइरहनुपर्ने झन्झट हुँदैन, हामीले सहजीकरण गरिदिन्छौँ ।’ चितवनमा पहिलो पटक यो सुविधा दिइएको जनाइएको छ ।

Advertisement

अस्पतालको डर्माटोलोजी विभागमा कपाल प्रत्यारोपणका साथै अनुहारको चाउरीपन हटाउने, छालामा चमक ल्याउने, चाया, पोतो हटाउने, डण्डीफोरलगायतका दाग, धब्बा हटाउने सेवा छन् । यी सबै सेवाको शुल्क किस्ताबन्दीमा तिर्न मिल्ने उनी बताउँछन् ।

अस्पतालका कन्सल्टेन्ट डर्माटोलोजिष्ट एण्ड हेयर ट्रान्सप्लान्ट सर्जन डा. श्रद्धा उप्रेती पछिल्लो आधुनिक प्रविधिमार्फत कपाल प्रत्यारोपण गरिँदै आएको जनाइएको छ । उनले भनिन्,’कपाल भएको ठाउँबाट जरासहित निकालेर नभएको ठाउँमा प्रत्यारोपण (रोप्ने) गरिन्छ । पुरुषमा तालु खुइलिने समस्या हुन्छ । यस्तोमा टाउकाको पछाडिको भाग, साइडको भाग, दाह्री अनि छातीको कपाल जुन कहिल्यै झर्दैन, यस्ता भागको कपाललाई निकालेर कपाल नभएको ठाउँमा रोप्छौँ ।’ यसरी कपाल रोप्दा ठूलो साइडइफेक्ट नहुने उप्रेतीले दाबी गरिन् ।

लडेर, पोलेर वा दुर्घटनाबाट कुनै खत बसेको छ भने पनि त्यस्तो ठाउँमा कपाल रोप्न सकिने र आइब्रो पातला भएका महिलाले आइब्रोमा कपाल प्रत्यारोपण गर्न सक्ने उनको भनाइ छ ।

प्रत्यारोपण गरिएको कपाल ४८ देखि ७२ घण्टा पछि बढ्न सुरु हुने जनाइएको छ । उनले भनिन्, ’पाँच महिनापछि कपाल कटाउन मिल्ने हुन्छ । करिब एक वर्षभित्र कपाल बाक्लो भएर आउँछ र मुन्डन गरे पनि फेरि पलाइरहन्छ।’

अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा डा. हरिश्चन्द्र न्यौपानेले यो सुविधा किस्ताबन्दीमा सुरु गरेसँगै एकैपटकमा शुल्क तिर्न नसक्नेलाई सहज हुने बताए । सेवाग्राहीका लागि कसरी सहज सेवा दिन सकिन्छ भन्ने विषयमा अस्पताल सधैँ लागि परेको उनको भनाइ छ । यो मेडिकल कलेज धेरै बिरामीको उपचार गर्नेमध्येमा पर्दछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top