आजदेखि देशका ५७ जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई मोडर्ना खोप दिइँदै

४ पौष, काठमाडौँ । आजदेखि देशका ५७ जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको मोडर्ना खोप दिइँदैछ ।

Advertisement

कोरोनाबाट सुरक्षित रहन खोप नै उत्तम उपाय भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरेको छ । केही निजी विद्यालयले विद्यार्थीलाई खोप लगाउन अभिभावकको अनुमति चाहिने बताए पनि खोप सुरक्षित रहेकाले अनुमति लिन आवश्यक नभएको मन्त्रालयको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठनले नै अनुमति दिएकाले खोपमा आशङ्का नगर्न मन्त्रालयको आग्रह छ । अभिभावकको अनुमति पर्खदा खोप अभियानमा असर पर्न सक्ने र विद्यार्थी छुट्न सक्ने सम्भावना रहेकाले तोकिएको उमेर पुगेका सबै विद्यार्थीलाई खोप दिन मन्त्रालयको आग्रह छ ।

Advertisement

आजदेखि सुरु हुने खोप अभियान १४ गतेसम्म चल्ने छ । पहिलो मात्रा खोप लगाएका बालबालिकाले माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाउन पाउने मन्त्रालयले जनाएको छ । जिल्ला खोप समन्वय समिति, स्वास्थ्य कार्यालय र सम्बन्धित पालिकाले निर्णय गरेअनुसार खोप केन्द्र तोकेर खोप लगाइनेछ ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहाल अनुसार यसअघि फाइजर खोप अभियान सञ्चालन भएका काठमाण्डौ, भक्तपुर, ललितपुर, सिन्धुली, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बाग्लुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुराबाहेकका जिल्लामा मोडर्ना खोप अभियान सञ्चालन हुनेछ ।

Advertisement

स्वास्थ्य मन्त्रालयले १२ देखि १७ वर्षसम्मका झण्डै १८ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top