भारतको स्वर्ण मन्दिरमा सिख धर्मग्रन्थको अपमान गर्न खोजेको भन्दै कुटीकुटी एक जनाको हत्या

४ पुस, बीबीसी ।
भारतको अमृतसर सहरस्थित सिख धर्मावलम्बीको पवित्र स्थल स्वर्ण मन्दिरमा अपवित्र कार्य गरेको आशङ्कामा एक व्यक्तिको पिटीपिटी हत्या भएको प्रहरीले बताएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त घटना शनिवार प्रार्थनाका बेला भएको हो। ती युवक स्वर्ण मन्दिरको गर्भगृहमा प्रवेश गरेको बताइएको छ। सिख मन्दिरको गर्भगृहमा पवित्र धर्मग्रन्थ गुरु ग्रन्थ साहिब राखिएको हुन्छ। गर्भगृहमा छिरेर ती व्यक्तिले गुरु ग्रन्थ साहिबसँगै राखिएको प्रार्थनाका बेला प्रयोग हुने तरबार छुने प्रयास गरेको बताइएको छ। त्यसै बेला त्यहाँ परिचालित सुरक्षाकर्मी र भक्तजन उनीमाथि जाइलागेका थिए।

ती व्यक्तिमाथि स्थानीय समयानुसार साँझ पौने ६ बजेतिर आक्रमण भएको थियो। साँझको प्रार्थनाका बेला भएकाले उक्त घटना टेलिभिजनमा पनि प्रसारित भइरहेको थियो। त्यसपछि के भयो भन्ने स्पष्ट छैन। प्रहरीले चाहिँ आफू घटनास्थलमा पुग्दा उक्त व्यक्ति मृत पाइएको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

मृतक २०–२५ वर्षको जस्तो देखिएको प्रहरीले जनाएको छ। उनको परिचय खुलिसकेको छैन। एउटा ट्वीटमा पञ्जाबका मुख्यमन्त्री चरणजीत सिंह चन्नीले उक्त नृशंस कृत्यका पछाडिको उद्देश्य र वास्तविक षड्यन्त्रकारीहरूप्रति शून्य सहनशीलता अपनाउन प्रहरीलाई आदेश दिएको लेखेका छन्।

एक व्यक्तिलाई सानो आकारको पवित्र धर्मग्रन्थ गुरु ग्रन्थ साहिबलाई मन्दिरनजिकै एउटा पोखरीमा फ्याँकेको आरोपमा पक्राउ गरिएको केही दिनपछि यो घटना भएको हो।सिख मन्दिरलाई अपवित्र बनाइने विषय सिख समुदाय बीचको एउटा निकै भावनात्मक मामिला हो।

राजनीतिक मुद्दा

आगामी वर्ष विधानसभा निर्वाचन हुन लागेको पञ्जाबमा धर्म पनि एउटा मुख्य विषय राजनीतिक मुद्दा बनेको छ। चन्नी र उनको कङ्ग्रेस पार्टीमाथि प्रतिपक्षी राजनीतिक दलहरूले उक्त क्षेत्रका पवित्र स्थलहरूको सुरक्षाका लागि आवश्यक कार्य नगरेको आरोप लगाउँदै आएका छन्।

विपक्षी अकाली दलका एकजना सांसद बलविन्दर भुन्दरले शनिवारको घटनाको भर्त्सना गरेका छन्। स्थानीय समाचार च्यानल एनडीटीभीसँग बोल्दै उनले उक्त घटना पञ्जाबलाई कमजोर पार्न गरिएको सुनियोजित रूपमा गराइएको दाबी गरे। केही मानिसहरूले विगत पाँच वर्षदेखि यसलाई राजनीतिक खेल बनाएका छन्, उनले भने।

पहिला के भएको थियो

बीबीसी हिन्दीका अनुसार सन् २०१५ मा फरीदकोट जिल्लामा गुरु ग्रन्थ साहिब बिगार्न खोजेको भन्दै ठूलो प्रदर्शन भएको थियो। त्यस बेला प्रहरीले गोली चलाउँदा दुई प्रदर्शनकारीको मृत्यु भएको थियो।

सन् २०१७ मा पञ्जाब विधानसभाको निर्वाचनमा शिरोमणि अकाली दल र बीजेपीको गठबन्धन सोही घटनाका कारण पराजित भएको बताइन्छ। गत अक्टोबर महिनामा पनि सिङ्घ सीमामा किसानहरूको प्रदर्शनका बेला कथित अपमानको घटनामा निहङ्गहरूले एक व्यक्तिको हत्या गरिदिएका थिए।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top