काठमाडौंको अल्का अस्पतालमा बाथरोग सम्बन्धी शिविर

३ पुस ७८, आइतबार

४ पुस, काठमाडौं ।
अल्का अस्पतालले बाथरोग सम्बन्धि नौं दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

ललितपुरको जावलाखेलस्थित अस्पताल परिसरमा पुस ४ (आईतबार) देखि ८ गतेसम्म पहिलो चरणमा र पुस १२ देखि १५ गतेसम्म दोस्रो चरण गरी ९ दिनसम्म निःशुल्क बाथरोग सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन भएको हो । शिविरमा स्वास्थ्य जाँच मात्र नभइ स्वास्थ्य सेवा नै निःशुल्क गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै १७ वटा भन्दा बढी बाथरोग सम्बन्धि ल्याब जाँच पनि निशुल्क गरिने अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र पोखरेलले कोभिडका कारण अस्पतालले सञ्चालन गर्दै आएका विभिन्न शिविरहरु रोकिए पनि अब नियमित सञ्चालन हुने जानकारी दिए ।

उनले आजबाट शुरु भएको बाथरोगसम्बन्धी शिविर भने दुई चरणमा गरी ९ दिन सञ्चालन हुने र यो शिविरबाट ग्रामिण जनसमुदायहरु धेरै लाभान्वित हुने बताए । प्रमुख कार्यकारी अधिकृत पाखरेलले भने, ‘यो बाथरोग विषयको शिविर हो, बाथरोगजस्ता विषयहरुमा स्वास्थ्य सेवाको पहुँच कम भएको हुनाले उपचार पाउन नसकेकाहरुलाई लक्षित गरेर शिविर सञ्चालन गरिरहेका छौँ ।

कोभिडका कारण नियमित शिविर सञ्चालन गर्न सकिरहेका थिएनौँ । अब हामी फेरि विशेष प्रकृतिका रोगहरुको शिविर सञ्चालन गर्ने क्रममा छाँै । हामी अब पनि निःसन्तानसम्बन्धि शिविरको तयारीमा छौँ । यो स्वास्थ्यको पहुँच कम भएका जनसमुदायलाई नै लक्षित गरेर सञ्चालनमा ल्याइएको हो । यो पूर्णतया निःशुल्क शिविर हो । स्वास्थ्यजाँच मात्रै निःशुल्क होइन, स्वास्थ्य सेवा नै निःशुल्क हो ।’

बाथरोग सम्बन्धी बिरामी भएकाहरुलाई निःशुल्क स्वास्थ्य सेवा

बाथरोग विशेषज्ञ डा.जीवन पौडेलले बाथरोगसम्बन्धी बिरामी भएकाहरुलाई निःशुल्क स्वास्थ्य सेवा दिने हेतुले शिविर सञ्चालन गरिएको बताए । उनले हाडजोर्नी, नशा सुन्निने, दुख्ने, लामो समयदेखि ज्वरो आइरहेका, महिनाबारी गडबडी भएकाहरु, बेला बेलामा गर्भ समेत तुहिने समस्या भएका लगायत बाथरोगसँग सम्बन्धित समस्या भएकाहरुको उपचार गरिने बताए ।

बाथरोग विशेषज्ञ डा. पौडेलले भन्नुभयो, ‘पुस महिनाको पहिलो दुई हप्ता, निःशुल्क बाथरोगसँग सम्बन्धित स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छौँ । यो शिविरमा पहिलादेखि नै बाथरोग डायलोसिस भएर बसेका बिरामीहरुलाई, जो विशेषज्ञहरुसँग उपचार गर्न पाउनु भएन वा जसको विशेषज्ञसँग पहुँच छैन ।

उहाँहरु धेरै लाभान्वित हुनुहुनेछ । हाडजोर्नी, नशा सुन्निने दुख्ने, लामो समयदेखि ज्वरो आइरहेका, महिनाबारी गडबडी भएकाहरु, बेला बेलामा गर्भ समेत तुहिने समस्या भएकाहरु, मांसपेशी दुख्ने, कम्मर, पाखुरा, कुर्कुच्चा र घाँटी दुखेकाहरु, शरीरको विभिन्न भागमा रातो तथा नीलो दाग भएकाहरु, कपाल झर्ने समस्या भएकाहरु, मुखमा खटिरा आएका, आँखा रातो भई बेस्सरी दुखेकाहरुले शिविरमा आएका निःशुल्क परीक्षण गराउन सक्नुहुनेछ ।’

सिबिसी, इसिआर, युरिकएसिड, क्रियटीनाइन, एफबिएस, टिएसएच, एन्टी सिसिपी, सिपीआर आरएएफ फ्याक्टर, एसजीओटी, एसजीपिटी, सिपीकेन्याक, युरिन रुटिन, एक्सरे ज्वाइन एण्ड एनएफसीलगायतका ल्याब जाँच डाक्टरको सिफारिसमा निःशुल्क गरिने अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले हरेक दिन सय जना बिरामीहरुलाई जाँच गरिने बताएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top