म्यानमारको सेनाले ४० जनाको सामूहिक हत्या गरेको खुलासा

५ पुस, एजेन्सी ।
गत फेब्रुअरी महिनामा कू गरेर सत्ता हत्याएको म्यानमारको सेनाले गएको जुलाई महिनामा मानिसहरुको सामूहिक हत्या गरेको खुलासा भएको छ।

Advertisement

बीबीसीको एक अनुसन्धानले यो नरसंहारमा कम्तीमा ४० जना मारिएको बताएको छ ।

प्रत्यक्षदर्शी र तथा यो घटनामा बाँच्न सफल भएका मानिसले बीबीसीसँगको कुराकानीमा १७ वर्ष उमेरदेखिका सेनाले समग्र गाउँका मानिसलाई सुरुमा चारैतिरबाट घेर्ने र पुरुषहरुलाई उनीहरुको घरपरिवारसँग छुटाएर हत्या गरेका थिए। हत्याको भिडियो तथा तस्वीरबाट हत्या गर्नुभन्दा पहिला उनीहरुलाई यातना दिइएको थियो।

Advertisement

यो सामूहिक हत्या गत जुलाईमा कानी टाउनसीपको चार फरक फरक स्थानमा भएको थियो। कानी सागिङ जिल्लाको सानो क्षेत्र हो। यो क्षेत्र सेनाको विपक्षीको गढ मानिन्छ। म्यानमारमा सेनाले गत फेब्रुअरी महिनामा कू गरेपछि निरन्तर सेनाविरुद्ध प्रदर्शन हुँदै आएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top