अब २० जिल्लाका बालबालिकालाई पनि फाइजर खोप

५ पुस, विराटनगर
सरकारले २० जिल्लाका बालबालिकालाई फाइजर खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

पुस १३ गतेदेखि २२ गतेसम्म ८ जिल्लामा र बाँकी १२ जिल्लामा त्यसपछि खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । ५७ जिल्लामा हिजोदेखि मोडर्ना खोप अभियान सञ्चालन भएकोमा बाँकी जिल्लामा चाहिँ फाइजर खोप दिन लागिएको हो ।

मन्त्रालयकाअनुसार पुस १३ गतेदेखि काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतमा फाइजर खोप सञ्चालन हुनेछ । झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलालीमा भने पछि मिति तोकिनेछ ।

८ जिल्लामा पहिलो मात्रा लगाएकालाई माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा फाइजर खोप दिइने मन्त्रालयले जनाएको छ । यसअघि १२ वर्षमाथिका दीर्घ रोगीहरुलाई २० जिल्लामा फाइजर खोप अभियान सञ्चालन भएको थियो ।

यसैबीच हिजोदेखि मोडर्ना खोप अभियान सञ्चालन भएका जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई ढुक्कसँग खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ । खोप सुरक्षित र प्रभावकारी भएकाले निर्धक्कसँग लगाउन विज्ञहरुले पनि आग्रह गर्दै आएका छन् ।

सरकारले बालबालिकालाई सजिलोको लागि विद्यालयबाटै खोप दिन थालेको छ । खोपको लागि आफ्नो विद्यालय या वडामा सम्पर्क गर्न पनि सरकारले आग्रह गरेको छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top