५ पुस, विराटनगर ।
नवनियुक्त नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आजबाट प्रवक्ताको जिम्मेवारीबाट बाहिरिने बताएका छन्।
सोमबार राजधानीमा पत्रकारसँग कुरा गर्दै नयाँ भूमिका पाएको भन्दै आफूले प्रवक्ताको जिम्मवारीबाट अलग हुने स्पष्ट पारेका छन्।
उनले प्रवक्ताको जिम्मेवारीमा अर्को व्यक्ति आउने भन्दै उनको आउने नयाँ व्यक्तिको भूमिकालाई बढावा दिन आफू अलग हुने बताए।
‘पार्टीको धारणा र सूचनाका लागि अर्को व्यक्ति प्रवक्ताका रूपमा आउनुहुन्छ। तर यहाँहरूलाई परेको बेला म जतिखेर पनि उपलब्ध हुनेछु’, उनले भने।