सर्लाहीमा ट्रकले ठक्कर दिँदा ट्यूसन पढ्न जाँदै गरेका एक किशोरको मृत्यु

४ पुस ७८, सोमबार

५ पौष, जनकपुरधाम । सर्लाहीको लालबन्दी नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले ठक्कर दिँदा ट्यूसन पढ्न जाँदै गरेका एक किशोरको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.३ख ७९९० नम्बरको ट्रकको ठक्करबाट सर्लाहीकै चन्द्रनगर गाउँपालिका–१ रतनपुरका १७ वर्षीय दीपेन्द्र कुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादव लालबन्दीमा कोठा भाडामा लिइ स्थानीय जनज्योती माविको कक्षा ९ मा अध्ययन गरिरहेका थिए ।

सोमबार बिहान ट्यूसन पढ्न जादै गर्दा सडक पार गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो । उनलाई तत्कालै नमूना अस्पताल हरिवन पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलवा पठाइएको प्रहरीको भनाइ छ ।

विद्यार्थीको सवारी दुर्घटनामा परेर मृत्यु भएपछि जनज्योति माध्यमिक विद्यालयले सोमबार एक दिनका लागि शोक विदा दिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top