ओलीको व्यवहारले हत्तु, हैरान पार्योः माधव नेपाल

४ पुस ७८, सोमबार

५ पुस, काठमाडौं ।
नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले हत्तु, हैरान पारेको बताएका छन् ।

Advertisement

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालले सोझो भएर पनि केपी शर्मा ओलीको धेरै हैरानी सहन गर्नु परेको बताएका छन् । प्रतिनिधिसभा विघटनको एक वर्ष पुग्दा समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओलीलाई प्रचण्डले चिन्न नसकेको बताए।

उनले भने, प्रचण्डले कहिले पनि कुरा उठाउनु भएन, सोझो हुनुभयो । सम्भवत पार्टी एकता भएको धेरै कुरा गर्दा समस्या होला । ओली जस्तो ज्याद्रो मानिसलाई चिन्नै सक्नु भएन । म हत्तु, हैरान भएको मानिस हो, नेपालले भने, प्रचण्ड अलि सोझो मानिस हुनु हुँदो रहेछ । उहाँले कहिले पनि सहमति लागू गर भनेर भन्नुभएन ।

Advertisement

यस्तै फरक प्रसंगमा नेपालले मिलेनियम च्यालेन्ज कम्प्याप्ट (एमसीसी) बारे साझा धारणा बनाउन प्रयास भइरहेको बताएका छन् । समाजवादी प्रेस संगठनले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले सैन्य गठबन्धनमा समोवश गर्ने कुरा स्वीकार गर्न नसकिने बताए ।

‘एमसीसीसँग जोडिएकाहरुले गठबन्धनको अंग होइन भनेर प्रष्ट पार्न कोसिस गरेका छन्’ उनले भने, यो विशुद्ध आर्थिक सहयोगको विषय बनोस्, नेपालको सार्वभौमसत्तासँग जोडिने, छिमेकीहरुसँग असर पर्ने नहोस् ।’

Advertisement

एमसीसीबारे अध्ययन गर्न सत्तारुढ दलहरुले तीन नेतालाई जिम्मेवारी दिएको भन्दै उनले देश हितको रक्षा गरेर अगाडि बढ्ने बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top