६ पुस, काठमाडौं ।
सभामुख अग्निप्रसाद सापटकोटको निर्देशनमा संसद बैठकको समाचार संकलनमा पत्रकारलाई रोक लगाइएको छ ।
मंगलबार संसद बैठकको समाचार संकलनका लागि गएका पत्रकारलाई सुरक्षाकर्मीले ‘माथिको आदेश’ भन्दै सुरक्षाकर्मीले पत्रकार कक्षमा जान रोक लगाएका हुन् ।
यसअघि संसद बैठकमा पत्रकारलाई समाचार कक्षमा निर्वाध प्रवेश दिने गरिएको थियो । सुरक्षाकर्मीले मिडिया सेन्टरबाटै समाचार संकलन गर्ने व्यवस्था मिलाइएको भन्दै पत्रकारलाई समाचार कक्षमा जान रोक लगाए ।
उता मिडिया सेन्टर भने गैरपत्रकारले भरिने गरेको छ । सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले पत्रकार प्रवेशमा रोक लगाइएकोबारे आफूले बुझिरहेको बताए । न्यौपानले भने, ‘के भएको हो म बुझ्दै छु।’
तर, सभामुखको सचिवालयकै सहमतिमा पत्रकार प्रवेशमा रोक लगाइएको संसद सचिवालय श्रोतले जानकारी दियो । एमसिसी अनुमोदनका लागि संसदमा पेश हुने विषयले धेरैको चासो संसदप्रति छ।