अवरोधका बीच संसद सूचारु गराएकोमा प्रेम सुवालको आपत्ति

५ पुस ७८, मंगलबार

६ पुस, काठमाडौं ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरिरहेका बेला संसद सूचारु गराएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार एमालेका अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्यसूचि अघि बढाएपछि सांसद सुवालले त्यसो गर्नु संसदीय परम्पराविरुद्ध हुने भन्दै आपत्ति जनाएका हुन् ।

एमसीसी देशघाती

त्यस अवसरमा उनले संसद अवरोधकै बेला एमसीसीजस्तो देशघाती सम्झौंता पारित गर्ने काम गर्न नहुनेतर्फ पनि सभामुख सापकोटाको गम्भिर ध्यानाकर्षण गराए । उनले सो सम्झौंता देशघाती भएको भन्दै खारेज गर्न पनि माग गरे ।

सांसद सुवालले भने, ‘प्रमुख प्रतिपक्षले संसद अवरोध गरेका बेला कार्यसूचि अगाडि बढाउनु संसदीय परम्परा होईन । कार्यसूचि अगाडि बढाउनु हुँदैन । संसद स्थगित गरेर प्रमुख प्रतिपक्ष दलसँग वार्ता गर्नु उपयुक्त हुुन्छ ।

संसद अवरोधकै बेला अध्यादेश र विधेयकहरु पेश हुनु र देश घाती एमसीसी सम्झौंता पनि यसरी नै पेश गरेर पास गर्ने तयारी हुनेछ । त्यसको हामी विरोध गर्छौं । एमसीसी सम्झौताको अनुसूचि १ मा बुटवल हुँदै भारतको सीमासम्म विद्युत प्रशारण लाईन तान्ने योजना नेपालको जलविद्युत भारतीय हुँदै सिंगापुरसम्म लैजाने र नेपाललाई अध्यारोमा राख्ने हो ।

दफा ४ दशमलव २ मा एमसीसीले कम्प्याक्ट अप्रेशन विभाग युरोप, एशीया प्यासेफिक तथा ल्याटिन अमेरिकाको सहायक उपाध्यक्षलाई अतिरिक्त प्रतिनिधि नियुक्त गर्ने उल्लेख गरिएको छ । यो हिन्द प्रशान्त क्षेत्रमा अमेरिका सैन्य गठबन्धन हो । दुईटा देशको सम्झौंतामा युरोप, एशीया र ल्याटिन अमेरिकाको विषय कहाँबाट आयो ?

अमेरिकी रक्षा विभागको दस्तावेजहरुले यो एमसीसी सम्झौंता हिन्द प्रशान्त अमेरिकी सैन्य गठबन्धननै हो भन्ने पुष्टि गर्छ । अमेरिकाले सन् २००४ देखि हिन्द प्रशान्त क्षेत्रका देशहरुलाई एमसीसीमार्फत सहयोग गर्ने र अमेरिका सैन्य नेतृत्वको मोर्चा बनाउने कार्य गरेको स्पष्ट उल्लेख छ ।

सन् २०१८ मा भियतनाममा भएको हिन्द महासागर भएको सम्मलेनमा हिन्द प्रशान्त रणनीतिमा संलग्न भएवापत नेपालले ५० करोड डलर सहयोग पाउने बताएको थियो । यो पनि हिन्द प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य गठबन्धनको सिलसिला हो । एशीयामा युद्ध गराउने र हतियार बेच्ने अमेरिकी चाहना हो । एमसीसी सम्झौता यसको सिलसिला हो ।

अमेरिकाले संसारको ७० भन्दा बढि देशमा सैन्य अखडा राखेको र भारतमा समेत अमेरिकी सैन्य गठबन्धन तैनाथ गरेको छ । सन् २०११ मा माओवादीका प्रधानमन्त्री बाबुराम भट्टराईले एमसीसी सम्झौंता सुरु गर्नु भएको थियो । लगत्तै सन् २०१२ मा नेपाल र अमेरिकाको संयुक्त सैंन्य युद्ध अभ्यास सुरु गरियो ।

सन् २०१७ मा नेपाली सेनाको छाउनीस्थित रेन्जर गणमा हिन्द प्रशान्त क्षेत्र अन्तरगतको अमेरिकी सहयोग रु. १८ करोडमा रिजनल क्राीईसिस म्यानेज्मेन्ट गठन गरिएको समाचार छ । हिमालपारीको जिल्ला मुस्ताङमा नेपाली सेनाको माउन्टेन वारपार तालिम स्थलमा हिन्द प्रशान्त क्षेत्र अन्तरगतको अमेरिकी बजेट अलिकति सहयोग गरी त्यहाँ पनि अमेरिकी सेनाले तालिम लिइरहेको समाचार छ ।

दफा ६ दशमलव ८ मा एमसीसीको हैसियत उपशिर्षक अन्तरगत सम्झौताको कारण नेपालीलाई हानी नोक्सानी भएमा, नेपालीको मृत्य भएमा कतै उजुरी नलाग्ने उल्लेख छ । यसको अर्थ नेपाल सार्वभौम देश होईन । अमेरिकी नवउपनिवेशजस्तै ठान्नु हो ।’

सभामुखविरुद्ध संसद्मा नाराबाजी

बैठकमा एमालेका सांसदहरुले पार्टी फुटाउने षडयन्त्र मुर्दावाद, संसदीय सर्वोच्चता कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर लगायतका चर्का नाराबाजी गर्दै संसदको वेलमा गएर सभामुख सापकोटाविरुद्ध नाराबाजी गरेका थिए । तर एमाले सांसदहरुको चर्का नाराबाजी बीच पनि चलेको संसद बैठक बुधबार १ बजे बस्ने गरी स्थगित भएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top