×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

संसदमा मेरो उपस्थितिले केपी ओलीको सात्तो गयोः माधव नेपाल

६ पुष २०७८

६ पुस, पोखरा ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदमा आफ्नो उपस्थितिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सातो गएको टिप्पणी गरेका छन् ।

गण्डकी प्रदेशस्तरीय बृहत् प्रशिक्षण भेलालाई सम्बोधन गर्ने क्रममा उनले ओलीको सातो गएको दाबी गरेका हुन् । आफूले प्रशिक्षण भेलालाई पनि समय दिनुपर्ने, संसद बैठकमा पनि जानुपर्ने दबाव रहेको भन्दै उनले भने, म नभा’को मौका पारेर केपी ओली छिर्न बेर छैन त्यहाँ ।

Advertisement
Advertisement

कमसेकम मेरो उपस्थितिले केपी ओलीको संसदमा सातो गइराछ नि, सातो जाओस्, केही मतलब छैन । नेपाली जनताको सातो कायम हुनुपर्छ ।’

मंगलबार प्रतिनिधिसभाको बैठकमा जानुपर्ने कारण देखाउँदै कार्यक्रमको सुरुमै उनलाई वक्ताका रुपमा उभ्याइएको थियो । करिब १ घन्टाभन्दा बढी प्रशिक्षणात्मक भाषण दिएका उनले आधाभन्दा बढी एमाले र ओलीकै विरोधमा खर्चिए ।

एमाले विभाजनपछि नेपाल र ओली मंसिर अन्तिम साता काठमाडौंमा भएको नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन सत्रमा एउटै मञ्चमा देखिएका गिए ।

एकले अर्कासँग नबोलेको भएपनि ओलीले आफूलाई हेर्दै जाँदा रमाइलो लागेको नेता नेपालले सुनाए । ‘हाम्रो अनुहार पनि हेर्दिन भन्याथे, तर कस्तो संजोग, कांगेसको कार्यक्रममा अनुहार हेर्दै जानुपर्‍यो । रमाइलो भयो,’ उनले भने ।

नेता नेपालले आफूहरुको ठूलो सत्रु र प्रतिद्वन्द्वीका रुपमा एमाले रहेको कार्यकर्तालाई सुनाए । ‘हामीले भर्खरै विद्रोह गरेको, केपी ओलीको प्राइभेट कम्पनीका रुपमा रुपान्तरण भएको कथित् एमाले‘ त्यो हाम्रो पहिलो प्रतिद्वन्द्वी हुन पुगेको छ । सत्रुका रुपमा छ,’ उनले भने । उनले नेकपा एमाले अहिले चरम व्यक्तिवादमा फसेको र त्योभन्दा फरक आफूहरु हुनुपर्ने कार्यकर्तालाई सुझाए ।

अध्यक्ष नेपालले एमालेले संसदमा संसदीय मर्यादाविरुद्ध काम गरिरहेको आरोप समेत लगाएका छन । संसद नआउने र आएपनि नाराबाजी गर्दै अवरुद्ध गरिरहेको भन्दै उनले भने, ‘संसदीय मर्यादा पालना गर् भनेर नारा लगाएका छन् । केपी ओली गुटले पालना गर्‍या छ? संविधानका सम्मान गर् रे, सम्मान गर्‍ या’छन् ?’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन समयमा ओलीलाई सुधार्न पार्टी एकता गरेको तर, सुधार्न नसकेपछि आँखा खुलेको नेपालको भनाइ छ । ओली सरकार दलाल र चाकडीतन्त्रमा लिप्त रहेको र संविधान विपरीत काम गरेकाले उनलाई सत्ताच्यूत गर्न गठबन्धन गर्नुपरेको उनले सुनाए ।

Advertisement

भेलालाई अध्यक्ष नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष प्रमेश हमाल, महासचिव वेदुराम भुसाललगायतले प्रशिक्षण दिनेछन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top