चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसका शिक्षकमाथि कुटपिट

५ पुस ७८, मंगलबार

६ पुस, काठमाडौं ।
चिट चोर्न नदिएको भन्दै काठमाडौं प्रदर्शनीमार्गमा रहेको आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेका छन् ।

Advertisement

स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्र कुवेर जेठाराले आरआर कलेजका शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् ।

ब्याचलर इन सोसल वर्क (बीएसडब्ल्यू) पढाउँदै आएका पुडासैनीको टाउकोमा चोट लागेको छ । उनलाई बागबजारमा रहेको काठमाण्डौ मोडल अस्पतालमा उपचारका लागि भर्ना गर्न गरिएको छ । शिक्षकमाथि आक्रमण गर्ने विद्यार्थी फरार रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top