भूमि आयोग र बाँदरझुला संघर्ष समितिबीच तीन बुँदे सहमति

६ पुस, काठमाडौं ।
राष्ट्रिय भूमि आयोग र बाँदरझुला संघर्ष समितिबीच तीन बुँदे सहमित भएको छ ।

सहमितसँगै चितवनको माडी नगरपालिका–९ बाँदरझुलाका जनताको लालपूर्जा प्राप्तिको आन्दोलन स्थगित गर्ने सहमति भएको संघर्ष समितिका जगराम प्रजाले जानकारी दिए ।

भूमि आयोगले बाँदरझुलामा फागुन मसान्तसम्म लगत संकलन र जग्गा नापजाँचको सूचना प्रकाशित गर्ने र लगत संकलनको निवेदन दिएकै दिन जग्गा नापजाँचको निस्सा वितरण गर्ने पहिलो सहमित भएको छ ।

यस्तै बाँदरझुलामा विद्युतीकरणको काम छिटो अघि बढाउने सहमति पनि भएको छ । विद्युतीकरणका लागि बजेट समेत विनियोजन भइसकेको अवस्थामा निर्माण कार्यलाई छिटोभन्दा छिटो अगाडि बढाउन विद्युत प्राधिकरणलाई अनुरोध गर्ने, भूमि व्यवस्था, सरकारी तथा गरिबी निवारण मन्त्रालय लगायत सम्बन्धित निकायहरुमा सहयोगका लागि अनुरोध गर्ने सहमति भएको छ ।

यसैगरी सरल, सहज र सुलभ रुपमा खेती गर्नका लागि ट्याक्टर प्रयोग गर्न पाउने वातावरण बनाउन वन तथा वातावरण मन्त्रालयलाई तत्काल पत्राचार गर्ने सहमति भएको छ ।

तीन दशकको अवधिमा धेरै राजनीतिक परिवर्तन भएर व्यवस्था फेरिए पनि बाँदरझुलाका बासिन्दाको समस्या समाधान नभएपछि लालपूर्जा प्राप्तका लागि दबाव दिन उनीहरु आइतबार काठमाडौं आएका थिए ।

आइतबार काठमाडौंमा आएर प्रदर्शन गरेका उनीहरुले सोही दिनदेखि माइतीघरमण्डलामा अनिश्चितकालीन रिलेअनशन शुरु गरेका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top