शेयर बजार झन्डै ५७ अङ्कले बढ्यो

५ पुस ७८, मंगलबार

६ पुस, काठमाडौं ।
लगातार ओरालो लागेको सेयर बजार मंगलबार भने उकालो लागेको छ। आज शेयर नेप्से परिसूचक ५६.७४ अंकले बढेर बजार उकालो लागेको हो।

Advertisement

आज नेप्से २ हजार ४ सय १३.५४ बिन्दुमा पुगेर रोकिएको छ। मंगलबार कारोबार रकम भने २ अर्ब ३८ करोड ३२ लाखमा सीमित भएको छ। आज २२६ कम्पनीको ४९ लाख ७४ हजार कित्ता शेयर कारोबार भएको छ।

आज सबै उपसमूहको सूचक बढेको छ। ग्रिन डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यसैगरी, जानकी फाइनान्स लिमिटेडको शेयर मूल्य ९.८१ र रसुवागढी जलविद्युत्‌को ९.२१ प्रतिशतले बढेको छ।

Advertisement

आज गोर्खाज् फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाए। यो कम्पनीको शेयर मूल्य ८.८९ प्रतिशतले घटेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top