×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

पाटन दरबार क्षेत्रमा ढल खन्दा भेटियो १४ सय वर्ष पुरानो शिलालेख

८ पुष २०७८

८ पुस, ललितपुर ।
ललितपुरको पाटन दरबार क्षेत्र परिसरमा लिच्छविकालीन शिलालेख फेला परेको छ ।

ढल खन्ने क्रममा भीमसेन मन्दिर अगाडिको सुवर्ण झ्याल नजिक करिब ६ फिट अग्लो लिच्छविकालीन शिलालेख भेटिएको हो । लिपिविज्ञ श्यामसुन्दर राजवंशीका अनुसार यसमा १५ पंक्ति अभिलेखको पाठ छ । शिलालेखमा लिच्छवि लिपि र प्रौढ संस्कृत भाषा छ ।

Advertisement
Advertisement

शिरो भागमा दायाँबायाँ श्रावक मृग र बीचमा गुडेको धर्मचक्र चिह्न छ । शिलालेखको लम्बाइ करिब ६ फिट लामो भए पनि अभिलेख कुँदिएको भागको नाप ८५ सेन्टिमिटर लम्बाइ र ५२ सेन्टिमिटर चौडाइ रहेको छ । ‘लिच्छविकालीन अभिलेख पूरै अध्ययन गर्न सकिएको छैन तर यसमा अंशुवर्मा र राजा वृषदेवको नाम प्रस्ट रूपमा उल्लेख छ,’ लिपिविद् राजवंशीले भने, ‘शिलालेखले पाटन क्षेत्र विहार थियो भन्ने प्रस्ट पार्छ ।’

राजवंशीका अनुसार शिलालेखमा योग्रङ्ग्राम र अन्तिम पंक्तिमा संवत् ५३६ ज्येष्ठ मासे शुक्लपक्ष प्रस्ट पढ्न सकिने अवस्थामा छ । राजा वृषदेवले बनाएको विहार भन्नेसम्म अहिले पढ्न सकिने उनको भनाइ छ । ‘शिलालेखलाई अझै राम्रोसँग सफा गरी थप अध्ययन अनुसन्धान गर्न जरुरी छ,’ उनले भने । ३२ वर्षअघि गोकर्ण बालुवा गाउँमा पनि अंशुवर्माकालीन शिलालेख भेटिएको थियो ।

सोमबार भेटिएको शिलालेखलाई स्थानीय बासिन्दा, पुरातत्त्वविद्लगायतको सहभागितामा बुधबार साँझ मूलचोक पुर्‍याइएको छ । स्थानीय जनप्रनिधि, नगरपालिकालगायतको बैठकपछि शिलालेखलाई कहाँ–कसरी सुरक्षित राख्ने भन्ने निर्णय गरिने पुरातत्त्व विभाग फोटोग्राफी एवं डकुमेन्टेसन शाखा प्रमुख नर्वदा श्रेष्ठले बताइन् ।

लगनखेलदेखि पाटन दरबार क्षेत्र हुँदै शंखमूलसम्म ढल प्रणालीको सुधार तथा पुनःस्थापनाका क्रममा करिब दस फिट गहिरो खाडल खन्दा उक्त शिलालेख फेला परेको हो । तीन दशकअघि ढल व्यवस्थापन गरेकै स्थानमा शिलालेख भेटिनुलाई पुरातत्त्वविद्ले आश्चर्य मानेका छन् ।

‘तीन दशकअघि पनि ढल व्यवस्थापनका लागि पाइप जडान भएको थियो, सोही पाइपसँगै अहिले अभिलेख फेला पर्नु भनेको त्यतिबेला त्यत्तिकै छाडिएको पुष्टि हुन्छ,’ पुरातत्त्वविद् प्रकाश दर्नालले भने, ‘त्यति बेला नै भेटिएको अभिलेख किन पुरियो भन्ने कुरा महत्त्वपूर्ण छ ।

प्राचीन अभिलेखको महत्त्व बुझ्न नसक्नु हाम्रो कमजोरी हो ।’ एडीबीको ऋण सहयोगमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय, फोहोर पानी व्यवस्थापन आयोजनाअन्तर्गत यहाँ काम भइरहेको छ ।

यसअघि २०७८ भदौ २९ गते पाटन दरबार क्षेत्र परिसरमै ढल खन्ने क्रममा पूर्वमध्यकालीन शिलालेख भेटिएको थियो । उक्त शिलालेख पाटन संग्रहालयमा राखिएको छ । लिपिविद् राजवंशीका अनुसार हालसम्म करिब २५० लिच्छविकालीन अभिलेख संकलित छन् ।

Advertisement

संकलित अभिलेखमध्ये कुनै संग्रहालयमा र कुनै सम्बन्धित स्थानमै सुरक्षित राखिएको छ । संकलितमध्ये कतिपय पुरातात्त्विक अभिलेख भूकम्पका कारण पुरिएको उनले बताए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top