राजनीतिक दलको उम्मेदवार वा प्रतिनिधि बन्ने शिक्षकलाई त्रिविले कारबाही गर्ने

७ पुस ७८, बिहीबार

८ पुस, काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न चेतावनी दिएको छ ।

Advertisement

आज सूचना निकालेर त्रिभुवन विश्वविद्यालयले शिक्षक र कर्मचारीलाई राजनीतिक चुनावमा उम्मेदवार नबन्न भनेको हो ।

त्रिविले कुनै शिक्षक वा कर्मचारीले राष्ट्रिय वा पालिकाको चुनावमा भाग लिन चाहेमा कार्यकारी परिषद्ले अन्यथा निर्णय गरेमा बाहेक उम्मेदवारीको मनोनयन दाखिला गर्नु भन्दा १५ दिन पहिला नै विश्व विद्यालय सेवाबाट राजीनामा दिनु पर्ने व्यवस्थाको पनि ध्यानाकर्षण गराएको छ ।

Advertisement

तर, यो व्यवस्था बारे थाहा हुँदाहुँदै पनि विश्वविद्यालयमा कार्यरत केही शिक्षक र कर्मचारी राजनीतिक दलको महाधिवेशन वा विधान अधिवेशन प्रतिनिधिको रुपमा भाग दिएको पाइएको त्रिविको सूचनामा उल्लेख गरिएको छ ।

विश्वविद्यालय सेवामा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारी प्रचलित कानुनअनुसार राष्ट्रसेवकको परिभाषाभित्र पर्ने भएकाले त्यसरी चुनाव वा विधान अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिने कार्य विश्वविद्यालयको नियम र राजनीतिक दलसम्बन्धी ऐनविपरीत हुने भएकाले त्यस्तो कार्यमा सहभागी भएको प्रमाणित भए नियमअनुसार विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाइने त्रिविले चेतावनी दिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top