आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना

१० पुस २०७८, शनिबार
Share this
703shares

१० पुस, विराटनगर ।
मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ का केही स्थान र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

Advertisement

त्यस्तै तराईका भू–भागहरुमा बिहानको समयमा हुस्सु कुहिरो लाग्ने र चिसो बढ्ने महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ ।

प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

यस्तै, देशका सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top