१० पुस, विराटनगर ।
मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ का केही स्थान र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
त्यस्तै तराईका भू–भागहरुमा बिहानको समयमा हुस्सु कुहिरो लाग्ने र चिसो बढ्ने महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ ।
प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, देशका सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ।