कांग्रेसको प्रदेश सचेतकमा राई नियुक्त

कांग्रेसको प्रदेश सचेतकमा राई नियुक्त

विराटनगर, साउन २८
नेपाली कांग्रेसका तर्फबाट प्रदेश नम्बर १ को सचेतकमा सांसद सुयर्माराज राई नियुक्त भएका छन् । प्रदेश–१ संसदीय दलका नेता राजीव कोइरालाले राईलाई सचेतकमा नियुक्त गरेका हुन् । राईले नेविसंघबाट राजनीति सुरु गरेका थिए ।

उनी मोरङ क्षेत्र नम्बर ३ (क) बाट प्रत्यक्ष निर्वाचित भएका थिए । राईले प्रदेश संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । ‘पार्टीको निर्देशन र निर्णयअनुसार संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दछु’ राईले भने, ‘यो नियुक्तिलाई ठूलो अवसरका रुपमा पनि लिएको छु ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.