×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

माओवादीको सम्मेलन आठौं महाधिवेशनमा रुपान्तरण

११ पुष २०७८

११ पुस, काठमाडौं ।
नेकपा माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको हो । प्रथम राष्ट्रिय सम्मेलनको तयारीस्वरूप शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनपूर्व गर्नुपर्ने सबै प्रक्रिया सकिएकाले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको हो ।

Advertisement
Advertisement

सदस्यता नवीकरणदेखि वडा, पालिका र प्रदेशसम्मका अधिवेशन गरिएको, राजनीतिक प्रतिवेदन लेखन र विधान संशोधन प्रस्ताव तयार हुनु महाधिवेशनपूर्वकै काम भएको निष्कर्षसहित सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

देशव्यापी रूपमा कार्यकर्ता तहमा देखिएको उत्साह तथा जनस्तरबाट प्राप्त सुझावका आधारमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने प्रस्ताव स्थायी कमिटीबाट पारित भएको उनको भनाइ छ । बैठकपछि महराले राष्ट्रिय सम्मेलनप्रति जनआकर्षण एवं पार्टी पंक्तिमा पनि विशेष चासो बढेकाले सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको बताए ।

माओवादी केन्द्रको अन्तरिम विधानमा केन्द्रीय समिति, केन्द्रीय निकाय र तिनका पदाधिकारी तथा सदस्यको निर्वाचन राष्ट्रिय महाधिवेशनबाट पारित विधानबमोजिम हुने व्यवस्था छ । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय भएसँगै त्यसलाई आठौं महाधिवेशनको नाम दिइएको छ । तत्कालीन एकीकृत माओवादीले २०६९ माघमा हेटौंडामा सातौं राष्ट्रिय महाधिवेशन गरेको थियो भने २०७१ मा विराटनगरमा राष्ट्रिय सम्मेलन गरेको थियो ।

अहिले महाधिवेशन गरेपछि अर्को पाँच वर्ष संगठन निर्माणमा केन्द्रित हुन सकिने माओवादी नेताहरूको बुझाइ छ । राष्ट्रिय सम्मेलनको तयारीकै रूपमा माओवादीले पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण अभियान, सेल र टोल सम्मेलन, वडा सम्मेलन, पालिका र नगरपालिका सम्मेलन हुँदै प्रदेश सम्मेलन सम्पन्न गरेको थियो ।

संगठन सुदृढीकरण र जनपरिचालन अभियानसहित चिनियाँ नेता माओको जन्मजयन्तीको सन्दर्भ पारेर पुस ११–१३ मा राष्ट्रिय सम्मेलन आयोजना गर्ने गत साउनकै केन्द्रीय समिति बैठकको निर्णय थियो ।

दिउँसो प्रज्ञा भवन कमलादीमा हुने महाधिवेशन उदघाटन समारोहमा बिभिन्न ११ राजनीतिक दलका नेताहरुलाई बोलाउने निर्णय पनि माओवादीले गरेको छ ।

केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपा लगायत पार्टीका नेताहरुलाई अतिथिको रुपमा बोलाइएको छ । यसअघि राष्ट्रिय सम्मेलनमा पाहुनाहरु नबोलाउने निर्णय माओवादीले गरेको थियो ।

राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्तरण गरिएकाले एक बजेका लागि पूर्वनिर्धारित उदघाटन समारोह तीन बजेसम्मका लागि सारिएको छ । उद्घाटन सत्रपछि बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन साथै अन्तरिम विधान–२०७८ पेस हुनेछ ।

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेपछि प्राविधिक काम पनि थपिएको छ । परिचयपत्रदेखि ब्यानरसम्म र अध्यक्ष दाहालको प्रतिवेदनदेखि अन्य कागजातमा समेत राष्ट्रिय सम्मेलनको ठाउँमा आठौं महाधिवेशन उल्लेख गर्नुपर्ने भएको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए । माओवादीको महाधिवेशनमा सवा करोड खर्च हुने अनुमान गरिएको छ ।

‘शुक्रबारसम्मको आकलनमा १ करोड आसपास खर्च हुने अनुमान गरेका थियौं,’ सचिव उपाध्यायले भने, ‘अब महाधिवेशन गर्ने भएपछि प्रचारप्रसार खर्च बढ्यो । त्यसकारण करिब सवा करोडमा टुंग्याउने गरी महाधिवेशन सकिन्छ ।’

Advertisement

महाधिवेशन करिब पाँच दिन चल्ने भएको छ । महाधिवेशनमा १ हजार ६ सय ३१ प्रतिनिधि सहभागी हुनेछन् । प्रतिनिधिले खाने र बस्ने व्यवस्था आफैं गर्नेछन् भने दिउँसोको खाजा आयोजकले व्यवस्था गर्नेछ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top