नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत बन्द सत्र सुरु

१२ पौष, काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत बन्द सत्र सुरु भएको छ ।

Advertisement

११ बजेदेखि सुरु हुने भनिए पनि डेढ घण्टा ढिलो गरी प्रज्ञा भवन कमलादीमा बन्द सत्र सुरु भएको हो।

बन्द सत्रमा कुल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने माओवादीले जनाएको छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको स्वास्थ्य जाँच गरिएको छ ।

Advertisement

बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ।

बन्द सत्रमा प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुनेछ ।

Advertisement

माओवादीले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेको छ।

माओवादीको आठौँ महाधिवेशन हिजोदेखि सुरु भएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top