नेपालको लगातार पाँचौ जित, उपाधिका लागि नेपालले भोलि उज्वेकिस्तानसँग खेल्ने

१२ पौष, काठमाडौँ । एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमले लगातार पाँचौ खेलमा जित निकालेको छ।

Advertisement

सोमबार बंगलादेशको राजधानी ढाकामा भएको समूहको अन्तिम खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा जित हात पारेको हो।

पहिलो सेट २५–८ ले जितेको नेपालले दोस्रो सेट २५–१४ ले जितेको थियो। तेस्रो सेटमा नेपाल २४–१७ ले विजयी भयो ।

Advertisement

यससँगै साविक विजेता नेपालले समूह चरणका पाँचै खेलमा जित निकालेको छ। अब नेपालले मंगलबार उपाधिका लागि उज्वेकिस्तानसँग भिड्नेछ ।

अपराजित नेपालले यसअघि बंगलादेश, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

Advertisement

श्रीलंकाबाहेक अन्य टिमलाई नेपालले ३–० को सेटमा पराजित गरेको थियो। श्रीलंकालाई भने नेपालले ३–२ ले हारएको थियो। समूहमा शीर्ष स्थानमा रहेसँगै नेपालले १४ अंक जोड्यो ।

महिलातर्फ नेपालसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तान गरी ६ टिमबीच प्रतिस्पर्धा भइरहेको छ ।

दुई वर्षअघि भएको प्रतियोगितामा नेपालले उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको थियो।

यता पुरुषतर्फ नेपालले दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको छ। आइतबार नेपालले माल्दिभ्सलाई हराएको थियो ।

यसअघि नेपालले उज्वेकिस्तानलाई हराएको थियो। आयोजक बंगलादेश र श्रीलंकासँग भने नेपाल पराजित भएको थियो ।

पुरुषतर्फ नेपाल, बंगलादेश, उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स गरी ५ टिमबीच प्रतिस्पर्धा भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top